LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयमा सैनामैना नगरपालिकाको महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत १० दिने फुल्की, चाट बनाउने तालिम सुरु भएको छ ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा पुस्तकालयको आयोजनामा १० दिनसम्म संचालन हुने तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिम कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता र सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरी तालिम शुभारम्भ कार्यक्रमा उपप्रमुख बिना राना, महिला तथा बालबालिका शाखा प्रमुख तुलसा ज्ञवाली, वार्ड न ८ का वार्ड अध्यक्ष बुद्धिराम चौधरी, नगर कार्यपालिका सदस्य दुर्गामाया श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरि पूर्ब वार्ड न ९ का पूर्व वडा अध्यक्ष डोलराज भन्डारी, उपप्रमुखकी सचिवालय सदस्य गोमा बस्याल, बाँसगढी टोल बिकास संस्थाका अध्यक्ष कमला न्यौपाने लगायतको आतिथ्यता, पुस्तकालय कार्यसमिती सदस्य तथा प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्वागत संस्थाका सचिव रिमबहादुर श्रेष्ठले र सन्चालन कल्पना गैरेले गर्नुभएको थियो । तालिम फागुन १८ गतेसम्म संचालन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय