LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयमा सैनामैना नगरपालिकाको महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत १० दिने फुल्की, चाट बनाउने तालिम सुरु भएको छ ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा पुस्तकालयको आयोजनामा १० दिनसम्म संचालन हुने तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिम कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता र सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरी तालिम शुभारम्भ कार्यक्रमा उपप्रमुख बिना राना, महिला तथा बालबालिका शाखा प्रमुख तुलसा ज्ञवाली, वार्ड न ८ का वार्ड अध्यक्ष बुद्धिराम चौधरी, नगर कार्यपालिका सदस्य दुर्गामाया श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरि पूर्ब वार्ड न ९ का पूर्व वडा अध्यक्ष डोलराज भन्डारी, उपप्रमुखकी सचिवालय सदस्य गोमा बस्याल, बाँसगढी टोल बिकास संस्थाका अध्यक्ष कमला न्यौपाने लगायतको आतिथ्यता, पुस्तकालय कार्यसमिती सदस्य तथा प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्वागत संस्थाका सचिव रिमबहादुर श्रेष्ठले र सन्चालन कल्पना गैरेले गर्नुभएको थियो । तालिम फागुन १८ गतेसम्म संचालन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय