LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् ।

क्याम्पस प्रमुख डा  खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यबाहक सभापति कृष्ण खनालले बताए ।

क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको बैठकले  गरेको निर्णय कार्यान्वयन गर्नुको साटो वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको उनले बताए ।क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियू बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।

कार्यबाहक सभापति खनालले भने ‘क्याम्पसको भित्र रहेका तीन वटा चौपारीमा लेखिएको जयनेपाल हटाउने र मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको नजिकै राखिएको अनेरास्ववियू झण्डा हटाउने सहमति भएको थियो । यी सहमति पालना गर्नु पर्नेमा झन रातारात वोर्ड राख्ने सहमति दिए पछि बाध्य भएर यो कदम चालेका हौँ।’

साथै क्याम्पस प्रमुखले ७ दिन भित्रमा राजिनामा नदिए थप कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेको छ । तर, नेपाल विद्यार्थी संघ र अखिले छैठौँले स्वागत वोर्ड अनेरास्ववियूले राखेको बताए पनि अनेरास्ववियूले भने आफुहरुले नराखेको दाबी गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति दुर्गाबहादुर एमसीले बैठक बसेर मिलाउन सकिने विषयमा भएता पनि नेविसंघ र अखिल छैँठोले गैरजिम्मेवारी देखाएको भन्दै भत्र्सना गरे ।

‘यो विषय बैठक बसेर मिलाउन सकिने विषय थिए । क्याम्पस प्रमुखको कुर्ची नै रुखमा लगेर राख्नेसम्मको जुन हर्कत भएका छन् । यसमा स्वतन्त्र विद्यार्थी युनियनले घोर भत्र्सना गर्छ।’–सभापति एमसीले भने ।

यस विषयमा क्याम्पस प्रमुख डा।खिमानन्द न्यौपानेलाई सम्पर्क गर्दा फोन नउठाएको जानकारी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय