LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिका वडा नंं ८ मा रहेको रामापुर रिभाईबल बोर्डिङ स्कुलमा विहिवार चौथो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रामापुर रिभाईभल भूतपूर्व विद्यार्थी संगठनको आयोजनामा भएको प्रतियोगिताको उदघाटन सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले गर्नुभएको हो ।

हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट इङलिश बोर्डिङ स्कुल प्रथम भएको छ भने सुनगाभा बोर्डिङ  दोश्रो हुन सफल भएको छ । त्यसैगरी ग्रीनप्लाण्ट बोर्डिङ स्कुल तेश्रो हुन सफल भएको छ ।
प्रतियोगितामा बुद्ध पब्लिक स्कुल चौथो, न्यू होराईजन बोर्डिङ स्कुल पाँचौ र कान्ति बोर्डिङ स्कुल छैठौं भएका छन ।

प्रतियोगितामा जिल्लाका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिता उदघाटन अवसरमा सैनामैना नगरप्रमुख फणेन्द्रप्रसाद शर्मा, विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्मा, सैनामैना अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे, रामापुर रिभाईभल बोर्डिङ स्कुलकी अध्यक्ष सुशीला शर्माले पनि बोल्नुभएको थियो ।

सोही अवसरमा शिक्षक भविस्वर न्यौपानेलाई लाईफटाईम एचिभमेण्ट अवार्डले सम्मान गरियो भने पूर्व विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रमको अध्यक्षता जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताका संयोजक किरण तिवारीको अध्यक्षतामा तथा संचालन पूर्व विद्यार्थी सागर चापागाईले गर्नुभएको थियो । त्यसैगरी क्वीज मास्टर डा. आविष्कार पराजुलीले हाजिरीजवाफ प्रतियोगिता संचालन गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय