LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कञ्चनका अटो ब्यबसायीहरुको साझा संस्थाको रुपमा स्थापित कञ्चन अटो प्रा.लि. कञ्चन ३, रुपन्देहीको चौथो साधारण सभा तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
सभाको उदघाटन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनका युवाहरुले आफुलाई आत्मनिर्भर बनाउन अटो ब्यबसायलाई मुख्य पेशा बनाई अटो ब्यबसाय संचालन गर्नु आफैमा सेवामुखी पेशा भएको बताउनु भएको छ । यसैगरी कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले अटो ब्यबसायलाई मयार्दित बनाउनु पर्ने बताउँदै स्थानीय तहको ऐन कानुनको अनिवार्य पालना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनु भयो ।
यस्तै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले बिशेषगरी बिद्यालय जाने समय र आउने समयमा अटो संचालनलाई अझ बढी सुरक्षित र मर्यादित बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुर अन्तर्गत ट्राफिक पोष्टका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक कृष्णबहादुर पुनले ट्राफिक नियम सम्बन्धी एक दिने सचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कम्पनीका अध्यक्ष दयाराम शर्माको अध्यक्षता, कम्पनीका प्रेस सल्लाहकार जगी लाल थापाको स्वगतमा सम्पन्न कार्यक्रमको सञ्चालन रेडियो कञ्चनका स्टेशन म्यानेजर गोबिन्द आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय