LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि दुई दिने क्षमता विकास सम्वन्धि तालिम शुक्रवारदेखि सुरु भएको छ ।

बुद्धभूमि कन्सलटिङ्गको व्यवस्थापनमा भएको तालिम उदघाटनका अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले तीनै तहका जनप्रतिनिधिहरुमा अध्ययनको कमीले धेरै समस्या आएको बताउँदै जनप्रतिनिधि र कर्मचारीहरुले आफूहरुले गर्ने कामहरुको बिषयमा अध्ययन गर्नैपर्ने बताउनु भयो ।

उहाँले जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बिषय क्षेत्रभित्र अध्ययन नगर्दा धेरै समस्या आएको बताउँदै यस किसिमका तालिमले समस्या सहजीकरणमा धेरै सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

क्षमता विकास तालिममा प्रशासनबीद काशीराज दाहालले प्रशिक्षण दिनुभएको छ । तालिममा जनप्रतिनिधी, कर्मचारी लगायत स्थानीय गरी ६० जनाको सहभागिता रहेको छ । शुक्रवारको तालिममा स्थानीय तहका काम, कर्तब्य र अधिकारका बिषयमा जनप्रतिनिधि, कर्मचारीहरुसंग सहजीकरण गरिएको हो ।

यसैगरी शनिवार राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले तालिमको सहजीकरण गर्ने कार्यक्रम रहेको छ । कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले पनि बोल्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कार्यक्रमको औचित्यको  बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन सूचना अधिकारी गिरिराज अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय