LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
सैनामैना नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत अपांगता भएका शिक्षक, विद्यालयका प्रअ तथा विषयगत प्रतिनिधिहरुका लागि एक दिवसीय समाबेशी शिक्षा सम्वन्धि अन्तरक्रिया र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैना १० सालझण्डी रुपन्देहीको आयोजना तथा सैनामैना नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैनाले विगत धेरै बर्षदेखि अपांगता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको बताउँदै सैनामैना नगरपालिकाले समेत अपांगता भएकाहरुको क्षेत्रमा काम गर्दै आगामी दिनमा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
नेपाल दृष्टिविहीन उत्थान संघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले सैनामैनामा अपांगताका क्षेत्रमा धेरै संघ संस्थाले काम गर्दै आएपनि अझैपनि सैनामैनालाई अपांगतामैत्री बनाउन नसकिएको बताउँदै तरपनि अपांगता भएका ब्यक्तिहरुको विभिन्न स्थानमा सहज पहँुच तथा उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनु भयो ।
नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैनाका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बञ्जाडे लगायतले बोल्नुभएको थियो । त्यस अवसरमा विद्यार्थीहरुलाई  डे«स, झोला, कापी, पेन्सील र कलम वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय