LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

कञ्चन गाउँपालिका ५ रुपन्देहीमा रहेको बुद्धदिप बोर्डिङ सेकेण्डरी स्कुलको २४ औं बार्षिकोत्सव तथा खेल सप्ताह समारोह शुक्रवार सम्पन्न भएको छ ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । स्कुलका अध्यक्ष क्याप्टेन विष्णुनारायण श्रेष्ठको अध्यक्षतामा भएको बार्षिकोत्सवका अवसरमा प्याब्सन लुम्बिनीका सहसचिव कृष्णप्रसाद शर्मा, समाजसेवी भरतमणि सापकोटा, समाजसेवी हेमबहादुर थापा र प्रभात बोर्डिङ स्कुल मुर्गियाका प्रिन्सिपल अनन्तराम शर्माले पनि स्कुलको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।

शिक्षक हिमाली अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत सहायक प्राचार्य देवीराम पौडेलले गर्नुभएको थियो । स्कुलका प्राचार्य लेखनाथ पौडेलले विद्यालयको शैक्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय