LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि शुक्रवारदेखि सुरु भएको दुई दिने क्षमता विकास सम्वन्धि तालिम शनिवार समापन भएको छ ।

बुद्धभूमि कन्सलटिङ्गको व्यवस्थापनमा भएको तालिमको समापनका अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले काम गर्ने दौरानमा जनप्रतिनिधि र कर्मचारीबीच कसरी तादात्मयता मिलाउने र कसरी समन्वय गरेर काम गर्ने भन्ने बिषयमा दुई दिने तालिम महत्वपूर्ण भएको बताउनु भयो । उहाँले काम गर्दा गर्नुपर्ने प्रकृयाहरु, सार्वजनिक खरिद ऐनका बिषय लगायत कार्यसम्पादनसंग जोडिएका कुराहरुमा तालिमबाट धेरै सिक्ने र जान्ने अवसर प्राप्त भएको बताउनु भयो ।

तालिम समापनकै अवसरमा बोल्दै कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले सिंगापुरको पोर्टमा लिएको तालिम स्मरण गर्दै चित्रले भन्दा पनि चरित्रले चिनिनुपर्दछ भन्दै चरित्र राम्रो भयो भने तस्बीर आफै राम्रो देखिन्छ भन्नुभयो । उहाँले सकारात्मक सोच हुनु नै राम्रो देखिनु हो भन्दै तालिमले धेरै कुरा सिकाएको सुनाउनु भयो ।

क्षमता विकास तालिममा प्रशासनबीद काशीराज दाहाल र राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले सहजीकरण गर्नुभएको हो ।
तालिममा जनप्रतिनिधी, कर्मचारी लगायत गरी ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय