सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको आईतबार विदाई गरिएको छ ।
सैनामैनामा विगत १८ महिनादेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत उपसचिव थापालाई नगरपालिकाको सभाहलमा “फेरि भेटौला“ कार्यक्रम अन्तर्गत आईतबार औपचारिक बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा सैनामैनाका नगर प्रमुख फडेन्द्रप्रसाद शर्मा, उपप्रमुख बिना राना, वार्ड अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखा प्रमुखहरु, एघारवटै वडाका वार्ड सचिब, संचारकर्मी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।



बिदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सैनामैनामा रहँदा थापाले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध सुमधुर बनाउन योगदान पु¥याएको तथा नगरपालिका र वार्ड स्तरबाट गरिएका योजनाहरुको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निभाउनु भएको बताइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत थापाको सिद्धार्थनगर नगरपालिकामा सरुवा भएको छ भने तानसेनका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको सैनामैनाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ ।




