नेपाल मगर संघ, कञ्चन गाउँ कमिटिद्वारा संघको स्थापना दिवसको अवसरमा हाम्रो भाषा तथा संस्कृतिको संरक्षण र प्रबद्र्धनमा मगर अगुवाहरुको भुमिका बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरकृयामा सहभागी वक्ताहरुले भाषा र संस्कृतिको अन्त्यसंगै पहिचान समेत सकिने बताउदै आफ्नो भाषा, धर्म, संस्कृति, कला र साहित्यको संरक्षण र सम्बद्र्धन आफैबाट शुरु गर्नु पर्नेमा जोड दिएका छन ।



कार्यक्रममा मगर जातीको भाषा, कला र संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्न अभियान सञ्चालन गर्नुपर्ने, भाषा कक्षा संचालनका लागि आवश्यक पहल र समन्वय गर्नुपर्ने बिषयहरुमा वक्ताहरुले जोड दिएका थिए ।
अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले मगरहरुको भाषा, धर्म, संस्कृति, कला साहित्य र संस्कार फरक भएकै कारण मगरजाती पनि राज्यको बिशिष्टिकृत जातीमा सुचिकृत भएको बताउनु भयो ।
उहाँले मगरहरुको जातिय पहिचानको संरक्षण र सम्बद्र्धनका लागि पुस्तान्तरण गर्नु आवस्यक रहेको र त्यसका लागि जुन ठाउँमा छौं त्यही ठाउँबाटै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कञ्चन गाउँपालिकाको नागरिक बडापत्रलाई समेत मगर र थारु जातीको भाषामा प्रकाशन गर्ने अन्तिम तयारी रहेको उल्लेख गर्दै उपाध्यक्ष थापाले आफ्नो अस्तित्वका लागि दलगत रुपमा फरक फरक बिचार प्रति आस्थावान भएपनि भाषा कला संस्कृति र भेषभुषाको संरक्षणमा कोही कसैपनि फरक मत राख्न नहुनेमा जोड दिनुभयो ।
नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचाको अध्यक्षतामा भएको कार्यक्रममा भाषा तथा संस्कृतिको संरक्षण र प्रबर्द्धनमा मगर अगुवाहरुको भुमिका बिषयक अन्तरकृयामा संघका उपाध्यक्ष थमबहादुर सिंजाली मगरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
धनसिंह राना मगरको संचालनमा सम्पन्न अन्तरकृयाको क्रममा उठेका बिषयमाथीको टिप्पणी हेमबहादुर थापाले गर्नुभएको थियो ।




