LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकाले किसानहरुलाई ७५ प्रतिशत अनुदानमा विद्युतीय सिंचाई उपकरण मोटर वितरण गरेको छ । कञ्चन गाउँपालिकाको आयोजनामा सोमबार २६ थान विद्युतीय उपकरण मोटर वितरण गरिएको हो ।

बिद्युतीय सिंचाई उपकरणमा समरसियल मोटर १० थान, ठूलो मोटर १४ थान र सानो मोटर २ थान कञ्चनका विभिन्न वडाबाट माग भैआएको र छनौटमा परेका सिंचाई उपभोक्ता समिति, कृषक, कृषक समूह र कृषि फार्मलाई बितरण गरिएको हो ।

विद्युतीय उपकरण वितरण गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले एकैपटक सवैका आकांक्षा पूरा गर्न नसकिने बताउँदै साधन र स्रोत कमी हुँदा समस्या भएको बताउनु भयो । उहाँले एउटै घरबाट फरक फरक नामबाट अनुदान लिने काम नगर्न आग्रह गर्दै अनुदानको दुरुपयोग भएको भए कारवाही गर्ने बताउनु भयो ।

उपकरण वितरण कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले बिद्युतीय उपकरण पाउने किसानलाई बधाई दिदै कृषि क्षेत्रमा अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले बजेटको सीमितता हेरेर कृषिलाई आधुनिकीकरण गर्नेतर्फ पालिकाले प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष केशरवहादुर क्षेत्रीले विद्युतीय उपकरणका लागि धेरै किसानको माग आएपनिबजेटको सीमितताका कारण २६ थान मोटरमात्रै वितरण गर्न सकिएको भन्दै आगामी दिनमा किसानका माग सम्बोधन गर्ने बताउनु भयो ।

कार्यक्रम कृषि विकास शाखाका प्राविधिक रामप्रसाद अधिकारीले संचालन गर्नुभएको थियो । आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत सिंचाई सम्वन्धि यन्त्र उपकरण शीर्षकबाट उक्त यन्त्र वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय