LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिकाले किसानहरुलाई ७५ प्रतिशत अनुदानमा विद्युतीय सिंचाई उपकरण मोटर वितरण गरेको छ । कञ्चन गाउँपालिकाको आयोजनामा सोमबार २६ थान विद्युतीय उपकरण मोटर वितरण गरिएको हो ।

बिद्युतीय सिंचाई उपकरणमा समरसियल मोटर १० थान, ठूलो मोटर १४ थान र सानो मोटर २ थान कञ्चनका विभिन्न वडाबाट माग भैआएको र छनौटमा परेका सिंचाई उपभोक्ता समिति, कृषक, कृषक समूह र कृषि फार्मलाई बितरण गरिएको हो ।

विद्युतीय उपकरण वितरण गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले एकैपटक सवैका आकांक्षा पूरा गर्न नसकिने बताउँदै साधन र स्रोत कमी हुँदा समस्या भएको बताउनु भयो । उहाँले एउटै घरबाट फरक फरक नामबाट अनुदान लिने काम नगर्न आग्रह गर्दै अनुदानको दुरुपयोग भएको भए कारवाही गर्ने बताउनु भयो ।

उपकरण वितरण कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले बिद्युतीय उपकरण पाउने किसानलाई बधाई दिदै कृषि क्षेत्रमा अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले बजेटको सीमितता हेरेर कृषिलाई आधुनिकीकरण गर्नेतर्फ पालिकाले प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष केशरवहादुर क्षेत्रीले विद्युतीय उपकरणका लागि धेरै किसानको माग आएपनिबजेटको सीमितताका कारण २६ थान मोटरमात्रै वितरण गर्न सकिएको भन्दै आगामी दिनमा किसानका माग सम्बोधन गर्ने बताउनु भयो ।

कार्यक्रम कृषि विकास शाखाका प्राविधिक रामप्रसाद अधिकारीले संचालन गर्नुभएको थियो । आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत सिंचाई सम्वन्धि यन्त्र उपकरण शीर्षकबाट उक्त यन्त्र वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय