LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

निर्वाण कानुनी समाज सैनामैना ६ रुपन्देहीले सहिद दिवसको अवसरमा आईतवार सैनामैना नगरपालिकाको सभाहलमा खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ
शहिदको सपना र नेपालको बर्तमान अवस्था बिषयमा आयोजित प्रतियोगितामा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय रानीबगियाकी अस्मीता पोखरेल प्रथम हुन सफल भएकी छिन भने दोश्रोमा जनकल्याण मावि सैनामैना ८ कि सविना सारु मगर भइन भने तेश्रो सिटी क्याम्पस नयागाउँका ज्ञानचन्द्र भुसाल भएका छन ।

विजयी प्रतियोगीहरुलाई सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभयो । पुरस्कारको राशी प्रथमलाई दुई हजार, दोश्रो हुनेलाई १५ सय र तेश्रो हुनेलाई एक हजार रहेको थियो ।

बिजय सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, निर्वाण कानुन समाजका संरक्षक राजन कार्कीको समेत उपस्थिति रहेको थियो । बक्तृत्वकला प्रतियोगिताको संयोजकमा बिष्णु ढकाल हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन सचिव नविन पौडेलले गर्नुभएको थियो ।

त्यस अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र साहसी कदम नेपालकी अध्यक्ष आनिक रानाले शहिद दिवसको अवसरमा निर्वाण कानुनी समाजले बक्तृत्वकला प्रतियोगिता आयोजना गरेर शहिदको स्मरणका साथै विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुटनको अवसर प्रदान गरेको भन्दै कार्यक्रमको सराहना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय