निर्वाण कानुनी समाज सैनामैना ६ रुपन्देहीले सहिद दिवसको अवसरमा आईतवार सैनामैना नगरपालिकाको सभाहलमा खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ
शहिदको सपना र नेपालको बर्तमान अवस्था बिषयमा आयोजित प्रतियोगितामा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय रानीबगियाकी अस्मीता पोखरेल प्रथम हुन सफल भएकी छिन भने दोश्रोमा जनकल्याण मावि सैनामैना ८ कि सविना सारु मगर भइन भने तेश्रो सिटी क्याम्पस नयागाउँका ज्ञानचन्द्र भुसाल भएका छन ।
विजयी प्रतियोगीहरुलाई सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभयो । पुरस्कारको राशी प्रथमलाई दुई हजार, दोश्रो हुनेलाई १५ सय र तेश्रो हुनेलाई एक हजार रहेको थियो ।



बिजय सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, निर्वाण कानुन समाजका संरक्षक राजन कार्कीको समेत उपस्थिति रहेको थियो । बक्तृत्वकला प्रतियोगिताको संयोजकमा बिष्णु ढकाल हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन सचिव नविन पौडेलले गर्नुभएको थियो ।
त्यस अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र साहसी कदम नेपालकी अध्यक्ष आनिक रानाले शहिद दिवसको अवसरमा निर्वाण कानुनी समाजले बक्तृत्वकला प्रतियोगिता आयोजना गरेर शहिदको स्मरणका साथै विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुटनको अवसर प्रदान गरेको भन्दै कार्यक्रमको सराहना गर्नुभएको थियो ।




