राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते प्यूठानका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।
ऐरावती गाउँपालिका,सरुमारानी गाउँपालिका र नौबहिनी गाउँपालिकाले एक सूचना जारी गरेर मगर दिवसका अवसरमा बिदा दिएका हुन् ।
ती पालिकाहरूमा मगर समुदायको बाहुल्यता रहेको छ ।







