LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको ब्यापार व्यवसाय चलायमान बनाउन उद्योग ब्यापार संघ बुटवलले विभिन्न पेशागत र वस्तुगत व्यवसायिक संघसंस्थासंग सुझाव संकलन र अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा व्यवसायिक संघ संस्थाका प्रमुखहरुले प्रदेश राजधानी बुटवलबाट दाङ सर्नु, कोराना महामारीको असर, आर्थिक मन्दी, चर्को बैंक ब्याज दर, महंगो घर भाडा, खुला सीमाबाट हुने तस्करी र भन्सार छली र युवा जनशक्तिको विदेश पलायन जस्ता कारणले रुपन्देहीको उद्योग,ब्यवसायमा संकट आएको बताए ।

रुपन्देहीको उद्योग व्यवसायलाई पुनः गुल्जार बनाउन व्यवसायिक संघ संस्थाहरु एकजुट भएर नीतिगत सुधारका लागि सरकारलाई दबाव दिनुपर्नेमा उनीहरुले जोड दिएका छन । कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले विगतका सरकारले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र तथा ब्यापार विविधिकरणमा ध्यान नदिंदा मुलुक परनिर्भरता र ब्यापार घाटाले थिलोथिलो भएको बताउनुभयो ।
उहाँले व्यवसायीको कारोबारको फूल अडिटको नाममा राजस्वका कर्मचारीलाई कमाई खाने भांडो भएकोले यसलाई नियन्त्रण गरिनुपर्ने बताउनुभयो ।

संघका सल्लाहकार ज्योति भण्डारीले प्रदेश राजधानी सरेको लगायत कारणले रुपन्देहीको ब्यापार व्यवसाय धरापमा परेको र अब व्यवसाय चलायमान बनाउन सरकारको मात्र मुख नताकी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकालले केन्द्रमा बस्ने ठूला व्यवसायीले साना मझौला व्यवसायीको पक्षमा नीति र ऐन कानुन बन्न नदिने परिपाटी रोक्न लाग्नुपर्ने सुझाव दिनुभयो । उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले रुपन्देहीका विभिन्न थरिका पेशागत र वस्तुगत ब्यापार व्यवसायमा देखिएको नीतिगत समस्याको पहिचान र व्यवसाय चलायमान बनाउने उपायको खोजीगरी महासंघलाई सुझाव दिन अन्तरक्रिया गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय