LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

दुग्ध उत्पादक किसानहरुले विहिवार दिउँसो बुटवलमा प्रदर्शन गरेका छन । दुधको मूल्यको माग राख्दै किसानहरुले १ घण्टा बुटवलको राजमार्ग चौराहामा पूर्व पश्चिम राजमार्ग अबरुद्ध पार्दै चक्काजाम गरेका हुन । सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बीच विहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म कृषकहरुले विरोध प्रदर्शन गरेका हुन ।

दुधको पैसा दुग्ध विकास संस्थान र निजी डेरीहरुले साउन १ गतेदेखि भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिनु परेको किसानहरुले बताएका छन । रुपन्देही जिल्लामा डिडिसी र निजी डेरीबाट भुक्तानी लिन बाँकी रहेको १० करोड रकम किसानको भुक्तानी हुन बाँकी रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रहेको लेखनाथ पाण्डेयले जानकारी दिनुभयो ।

किसानहरुले विभिन्न कारण देखाई दुग्ध विकास संस्थान र निजी डेरी व्यवसायीहरूले सहकारी संस्थाहरूमार्फत सङ्कलन गरेको दूध खरिद गर्न आनाकानी गर्ने, अघोषित मिल्क होलिडे गर्ने, केही मात्रामा लगेको दूधको रकम समयमा भुक्तानी नगर्ने, नेपाल सरकारले तोकेको भन्दा कम दरमा खरिद गर्ने गरेकाले आफूहरू बाध्य भएर आन्दोलित हुन परेको गुनासो गरेका छन ।

लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर रहेको छ । प्रदेशमा दैनिक ५ लाख ४२ हजार मेट्रिक टन दुध उत्पादन भएर दैैनिक १५ हजार भन्दा लिटर बढि दुध अन्य प्रदेशमा जाने गरेको छ ।
यसैगरी पूर्वी नवलपरासीका किसानले दुधको भुक्तानी नपाएको भन्दै सडकमा दुध खन्याएर विरोध प्रदर्शन गरेका छन् । किसानले ‘मिल्क होलिडे’ बन्द हुनुपर्ने र दुधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गर्दै बिहीबार कावासोतीमा पूर्व–पश्चिम राजमार्ग दुई घण्टा अवरुद्ध गरी विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्ना मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको र माग पुरा नभएपछि सडकमा दुध पोखेर चक्का जाम गरेको बताउनुभयो ।

जिल्लामा १५ हजार दुग्ध किसानको दैनिक ५० हजार लिटर दुध सङ्कलन हुने गरेको छ । जसमध्ये ६० प्रतिशत मात्र खपत भएको छ । ४० प्रतिशत किसानले पोख्नुपर्ने अवस्था आएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय