LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गाजाको पश्चिम क्षेत्रमा अत्यावश्यक सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा इजरायली सेनाले आक्रमण गर्दा १ सय १२ जनाको ज्यान गएको छ । आक्रमणमा परी सात सय ६० जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लगे पनि डाक्टर र उपकरणको अभाव रहेकोले उपचारमा कठिनाइ भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनीहरु इजरायली ट्याङ्क आएको देखेर लरीबाट ओर्लिएका थिए ।

त्यहीबेला इजरायली सेनाले चेतावनीको रुपमा मात्र गोली चलाएको जनाएको छ । तर प्यालेस्टिनीले सेनाले सिधै उनीहरुलाई आक्रमण गरेको आरोप लगाएका बीबीसीले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणलाई ुनरसंहारु गरेको आरोप लगाएको छ ।

घटनाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ । फ्रान्सले खाना लगायत अत्यावश्यक सहायताका लागि आएका नागरिकहरू विरुद्ध इजरायली सैनिकले गरेको आक्रमण ुअनुचितु भएको बताएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमास बीचको युद्धमा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने मध्यस्थकर्ताहरूको प्रयासलाई जटिल बनाउने चिन्ता व्यक्त गर्नुभएको छ। स्वास्थ्य सुरक्षाका लागि गाजामा रहेको मेडिकल च्यारिटी एमएसएफले यो डरलाग्दो घटना भएको भन्दै तत्काल र दिगो युद्धविरामको लागि आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय