LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णयको फाइल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुङ्गानाको इजलासले आज निर्णय फाइल झिकाउन आदेश दिएको हो । मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गएको माघ २५ गते तत्कालीन च्याम्पियन फुटवेयर प्रा।लि। अर्थात् अहिलेको चाँदबाग रेसिडेन्सी प्रा।लि। बाँसबारीको नाममा पत्र काटेको थियो । त्यही पत्रको विरुद्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आदेश जारी गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले व्यवसायी अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई गएको माघ १८ गते पक्राउ गरेको थियो । उनीहरू जिल्ला अदालत काठमाण्डौको आदेशअनुसार माघ २४ गते हिरासतबाट मुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय