LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कञ्चन रुपन्देहीको आयोजना तथा कञ्चन गाउपालिका वडा नं। ३ को कार्यलयको आर्थिक सहयोगमा आज देखि किशोर किशोरीहरुका लागि २ दिने नेतृत्व बिकास सम्बन्धी तालिम शुरु भएको छ।

सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीको समन्वयमा संचालन हुने सो तालिममा रुद्रपुर साथी सञ्जालका ४० जना किशोर किशोरीहरुले सहभागिता जनाएका छन।
तालिमको शुभारम्भ गर्दै कञ्चन गाउपालिका वडा नं  ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले तालिमले ब्यक्तीको ब्यक्तीत्व बिकासमा निकै महत्व राख्ने बताउदै जसले सिकाईलाई ब्यबहारमा उतार्न सक्यो त्यो नै त्यो समाजको नेतृत्व गर्न सक्ने बताउनु भयो।

नेतृत्व बिकासका लागि उसको क्षमता, ब्यक्तीत्व र अध्ययनको आवस्यक रहने बताउदै वडा अध्यक्ष सापकोटाले आजका किशोर किशोरीहरु नै समाजका समाजको दरिलो सम्बाहक भएकोले वडाको बजेट योजना अन्तर्गत नेतत्व बिकास सम्बन्धी तालिम योजना संचालन गर्न साथी सञ्जालसंग सहकार्य गरिएको बताउनु भयो।

कार्यक्रममा वडा सदस्य अम्बिका पुन, वडा सचिव बिर्ष बहादुर पुलामी, प्राविधिक प्रकाश गुरुङ्गको समेत आतिथ्यता रहेको थियो भने रुद्रपुर साथी सञ्जालका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा शुरु भएको तालिममा सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीका पुर्व अध्यक्ष तारा बहादुर काउचाले प्रशिक्षण दिनु भयो।

सुनगाभा सामुदायिक बिकास केन्द्रको कार्यालयमा भएको कार्यक्रमको सहजिकरण रुद्रपुर साथी सञ्जालका बिष्णु सुनारले गर्नु भएको थियो। किशोर किशोरीहरुको हक अधिकार र नेतृत्व बिकासको क्षेत्रमा बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंगको सहकार्य र समन्वयमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको साथी सञ्जालमा कञ्चन, गैडहवा, शुद्धोधन, लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरी करिब ४ हजार भन्दा बढी किशोर किशोरीहरु आवद्ध रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय