LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कञ्चन रुपन्देहीको आयोजना तथा कञ्चन गाउपालिका वडा नं। ३ को कार्यलयको आर्थिक सहयोगमा आज देखि किशोर किशोरीहरुका लागि २ दिने नेतृत्व बिकास सम्बन्धी तालिम शुरु भएको छ।

सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीको समन्वयमा संचालन हुने सो तालिममा रुद्रपुर साथी सञ्जालका ४० जना किशोर किशोरीहरुले सहभागिता जनाएका छन।
तालिमको शुभारम्भ गर्दै कञ्चन गाउपालिका वडा नं  ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले तालिमले ब्यक्तीको ब्यक्तीत्व बिकासमा निकै महत्व राख्ने बताउदै जसले सिकाईलाई ब्यबहारमा उतार्न सक्यो त्यो नै त्यो समाजको नेतृत्व गर्न सक्ने बताउनु भयो।

नेतृत्व बिकासका लागि उसको क्षमता, ब्यक्तीत्व र अध्ययनको आवस्यक रहने बताउदै वडा अध्यक्ष सापकोटाले आजका किशोर किशोरीहरु नै समाजका समाजको दरिलो सम्बाहक भएकोले वडाको बजेट योजना अन्तर्गत नेतत्व बिकास सम्बन्धी तालिम योजना संचालन गर्न साथी सञ्जालसंग सहकार्य गरिएको बताउनु भयो।

कार्यक्रममा वडा सदस्य अम्बिका पुन, वडा सचिव बिर्ष बहादुर पुलामी, प्राविधिक प्रकाश गुरुङ्गको समेत आतिथ्यता रहेको थियो भने रुद्रपुर साथी सञ्जालका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा शुरु भएको तालिममा सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीका पुर्व अध्यक्ष तारा बहादुर काउचाले प्रशिक्षण दिनु भयो।

सुनगाभा सामुदायिक बिकास केन्द्रको कार्यालयमा भएको कार्यक्रमको सहजिकरण रुद्रपुर साथी सञ्जालका बिष्णु सुनारले गर्नु भएको थियो। किशोर किशोरीहरुको हक अधिकार र नेतृत्व बिकासको क्षेत्रमा बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंगको सहकार्य र समन्वयमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको साथी सञ्जालमा कञ्चन, गैडहवा, शुद्धोधन, लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरी करिब ४ हजार भन्दा बढी किशोर किशोरीहरु आवद्ध रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय