LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वार्ड न ४ मा रहेको मुगिया खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाको १९ औ वार्षिक सधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमको बोल्र्दैै सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले खानेपानी संस्थाहरुले आफ्नो आम्दानीको १० प्रतिशत सघन सरसफईमा लगाउनु पर्ने प्रावाधाान रहेको भन्दै यस्को अलवा आफ्ना उपभोक्तालाई खानेपानी मुल देखि मुख सम्म आईपुग्दा सम्म के कस्तो सरसफाई अपनाउनु पर्छ भन्ने कुरामा पनि जनचेता जगाउनु पर्ने बताउनु भयो ।

सैनामैना नगरपालिकामै ब्यबस्थीत रुपमा सञ्चालन भएको खानेपानी संस्था मध्येको एक मुर्गिया खानेपानी रहेको बताउदै यस्ले सञ्चालन गरेको एक घर एक बिरुवा अभियानलाई हामी सबैले साथ दिनुपर्ने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख चित्र बहादुर कार्कीले खानेपानि संस्थाहरुले आफुले बार्षिक रुपमा पृथ्वी बाट कति पानी तानेको छौ र कति पानि पृथ्वीलाई स्वस्नको लागि रिचार्ज सिष्टम बनाएका छौ भन्ने कुरामा चनाखो हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै खानेपानि डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले शिक्षा, स्वास्थ्य र खानेपानी जनताको मौलिख अधिकारको रुपमा रहेको बताउदै शिक्षा र स्वास्थ्यमा जस्तो खानेपानिमा प्रगति हुन नसकेको बताउनु भयो । देशका मुख्य शहरहरुमा पनि खानेपानिको सामस्या रहे भन्दै चौधरीले तर रुपन्देहीको सैनामैना नगरपालिकामा ९८ प्रतिशत जनता स्वच्छ खानेपानिको पहुचमा रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमबहादुर बानीयाले संस्थाको प्रगती प्रतिबेदन कोषाध्यक्ष बिष्णुकुमारी रानाले आर्थिक प्रतिबेदन र लेखा संयोजक दिपक भण्डारीलेलेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष देविदत्त सुवेदीको स्वागत मन्तब्य र सचिब भीम बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममाखानेपानी तथा सरसफाई महासंघ रुपन्देहीका अध्यक्ष धुर्व धिताल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य खुशिराम चौधरी, नेपाली कांग्रेश प्रदेश सदस्य चित्र बहादुर केसी, नेकमा माओवादी केन्द्र नगर अध्यक्ष मानबहादुर महत, राष्ट्रिय स्वतन्त्र पाटी सैनामैना नगर अध्यक्ष राजबहादुर क्षेत्री, संस्थाका पुर्व अध्यक्ष मित्रबहादुर एसी, बुद्धनगर खानेपानी संस्थाका अध्यक्ष राम प्रसाद भुषाल लगाएतले बोल्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय