LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वडा नंं १० झिमझिमियामा रहेको प्याराडाईज इङलिश स्कुलको आयोजनामा शनिवार कुशल अभिभावकत्व निर्माणका लागि अभिभावक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
शिक्षक पेसागत दक्षता अभिवृद्धी कार्यक्रम अन्तरगत आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकको भूमिका ऋषि न्यौपानेले गर्नुभएको थियो ।

विद्यालयका अध्यक्ष शान्तबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी सैनामैना १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले अभिभावक अभिमुखीकरण कार्यक्रम सवैका लागि अत्यन्त महत्वपूर्ण रहेकोले ध्यान दिएर कार्यक्रमको उपादेयता ग्रहण गर्न उपस्थित सवैसंग अनुरोध गर्नुभयो ।

कार्यक्रममा विद्यालयका लेखा समिती सदस्य टोपलाल अधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य विमला थापा लगायतले बोल्दै यस प्रकारका अभिमुखीकरण कार्यक्रमले पुनर्ताजगी प्रदान गर्नुका साथै उर्जा बढाउने उल्लेख गर्नुभयो ।

सामुदायिक भवनको सभाहल झिमझिमियामा भएको कार्यक्रममा कार्यक्रमको बिषयमा जानकारी एवम सहजीकरण विद्यालयका प्रिन्सिपल सौगात भट्टराईले दिनुभएको थियो भने स्वागत मन्तव्य शिक्षक भरत परियारले गर्नुभएको थियो । कार्यक्रममा करिब तीनसय अभिभावकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय