LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अहिले हरेक मानिस कुनै न कुनै काम र योजनासंग जोडिएका छन । मानिससंग समय छैन । ब्यस्ततासंगै मानिसमा तनाव पनि बढ्दै छ । यी र यस्तै प्रकारका तनाव व्यवस्थापन गर्ने उद्देश्यले सैनामैना नगरपालिका वडा नंं १ को सहयोगमा शनिवार सैनामैनामा तनाव व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न भएको छ ।

एटलस वेलफेयर अर्गनाईजेसनको आयोजनामा भएको तालिममा सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, अर्गनाईनेजसनको अध्यक्ष कल्पना श्रेष्ठ, वडा सदस्य प्रेमलाल भुसाल, वडा सचिव कमल पोखरेल, सैनामैना खानेपानीका अध्यक्ष एकबहादुर क्षेत्री लगायतले तालिमको बिषयवस्तुमाथि प्रकाश पार्दै तालिमले तनाव व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

वडा नंं १ मा रहेका १५ वटा टोल विकास संस्था, अन्य संघ संस्थाहरुको सहभागिता रहेको थियो । एटलस वेलफेयर अर्गनाईजेसनकी सचिव सपना खनालको संचालनमा भएको तनाव व्यवस्थापन सम्वन्धि तालिमको सहजीकरण प्रशिक्षक माला प्रधानले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय