LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल,१९ फाल्गुन

अर्घाखाँचीको पाणिनी ५ मैदान अर्घाखाँची रुपन्देही सम्पर्क समाजको छैठौ साधारण सभा तथा चौथो अधिवेशन शनिवार बुटवलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष कृष्णप्रसाद बेलबासेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथी समाजका जेष्ठ सदस्य भोलानाथ बेलबासे हुनुहुन्थ्यो ।

कार्यक्रममा स्वागत उपाध्यक्ष क्याप्टेन झबिन्द्र घिमिरेले गर्नुभएको थियो भने समाजका आजीवन सदस्य सञ्जय घिमिरे, सल्लाहकार लक्ष्मण पाण्डे, मानार्थ सदस्य गोपाल घिमिरे र निबर्तमान अध्यक्ष थानेश्वर घिमिरेले समाजले खेलेको भूमिका सराहनीय रहेको भन्दै समाजलाई अझै गतिशिल बनाउन आग्रह गर्नुभएको थियो । त्यस अवसरमा ३२ जना आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । समाजलाई निरन्तर सहयोग गरेको भन्दै लक्ष्मण पाण्डेलाई सम्मान गरिएको छ भने मानार्थ सदस्य गोपाल घिमिरेलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा सवै परिवारका सदस्य समाजको आजिवनसदस्य भएको भन्दै खिमानन्द भट्टराई र मुक्ति भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन टामलाल घिमिरे र डिआर गैरेले गर्नुभएको थियो भने निबर्तमान र संस्थापक अध्यक्षलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय