LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आईतवारदेखि सुरु भएको छ । फागुन २४ गतेसम्म चल्ने खोप अभियान नगर प्रमुख फणिन्द्रप्रसाद शर्मा र उपप्रमुख विना रानाको आतिथ्यतामा सैनामैना पर्राेहा परमेश्वर नमुना माविबाट सुरु भएको छ ।

त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नेपालमा अहिले जुन अभियान सुरु भएको छ, त्यो अभियान विश्वले नै अनुकरण गर्ने योग्य रहेको बताउँदै नेपालका स्वास्थ्यकर्मीहरुले गरेको काम प्रशंसनीय छ भन्नुभयो ।

सैनामैना नगरपालिकाका विभिन्न विधालयमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाईदै छ । सैनामैनामा हरेक दिन १० वटा विद्यालयमा खोप अभियान संचालन हुनेछ भने चार दिनमा सैनामैनाका ४० वटा विद्यालयबाट खोप लगाउन सकिनेछ । सैनामैना नगरपालिकाको स्वास्थय शाखाले ९ महिनादेखि ५ बर्षसम्मका विद्यालय नजाने बालबालिकाहरुलाई नियमित खोप लगाउँदाको खोप कार्ड लिएर नजिकैको विद्यालयमा खोप संचालन हुने दिन लगेर खोप लगाउन समेत अनुरोध गरेको छ ।
खोप अभियानको सुरुको दिन सैनामैनाका १० वटा विद्यालयबाट बालबालिकाहरुलाई खोप लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय