LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
DCIM100GOPROGOPR0147.JPG

कञ्चन गाउँपालिका रुपन्देहीले समयमा काम सम्पन्न  नगर्न निर्माण व्यवसायीलाई कारवाही गरेपछि अहिले सूरु भएका आयोजनाको काम निर्धारित मितिभन्दा अघि नै सम्पन्न हुन थालेका छन । कञ्चनको वडा नं. १ को वडा कार्यालयमा सम्पन्न हुन बाँकी दोश्रो फेजको काम समय भन्दा दुई महिना अघि नै सम्पन्न भएको हो ।

कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसम थापा मगरले सोमबार वडा कार्यालयको स्थलगत अनुगमन निरिक्षण गर्दै कञ्चन गाउँपालिकाले निर्माणका कामलाई समयमै सम्पन्न गर्न समय समयमा खबरदारी गर्दै निरिक्षण समेत गर्दै आएकोले काम निर्धारित मितिभन्दा छिटो सम्पन्न भएको बताउनु भयो ।

कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारवाही गरेको बताउँदै अहिले भने वडा कार्यालयको काम समय भन्दा दुई महिना अघि नै सम्पन्न भएको बताउनु भयो ।

DCIM100GOPROGOPR0173.JPG

यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका इञ्जिनियर सुवोध ज्ञवालीले दोश्रो फेजमा निर्माण भएको काम समयमै सम्पन्न गर्ने कुरामा ध्यान दिदै कूल १५ लाख रुपैयामा सवै काम सम्पन्न भएको बताउँदै यस प्रकारको कम्पाउण्ड वाल गाउँपालिकामै नयाँ प्रविधिको रहेको बताउनु भयो ।

गाउँपालिकाले यसअघि नै १० लाखसम्मका योजना उपभोक्ता समितिमार्फत र त्यो भन्दा माथिका योजना इ बिडिङमार्फत गर्ने नीति अख्तियार गरेपछि कञ्चनमा निर्माणका कामले अहिले गति लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय