LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
DCIM100GOPROGOPR0179.JPG

साना साना तालिमले पनि महिलाहरुलाई आयआर्जन गरि जीविकोपार्जन गर्न सहयोग पुग्ने सैनामैनामा आयोजित एक कार्यक्रममा औंल्याइएको छ ।

लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सैनामैना ८ को आयोजनामा सोमबार १० दिनसम्म संचालन भएको फुल्की बनाउने तालिमको समापनको अवसरमा उक्त कुरा औंल्याइएको हो । सैनामैना नगरपालिकाको महिला संग उपप्रमुख कार्यक्रम अन्तरगत फुल्की बनाउने तालिम भएको हो । तालिममा स्थानीय २७ जना महिलाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुलसा ज्ञवाली, पुस्तकालयका अध्यक्ष गोपाल भण्डारी, पुस्तकालयकी कल्पना गैरे लगायतले बोल्दै फुल्की बनाउने तालिमबाट महिलाहरुलाई आयआर्जन गर्न सहयोग पुग्ने बताउँदै सहभागीहरुले समेत तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाएका छन ।
फुल्की बनाउने तालिमको सहजीकरण देवलाल गिरीले गर्नुभएको थियो ।

DCIM100GOPROGOPR0178.JPG

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय