LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |
DCIM100GOPROGOPR0179.JPG

साना साना तालिमले पनि महिलाहरुलाई आयआर्जन गरि जीविकोपार्जन गर्न सहयोग पुग्ने सैनामैनामा आयोजित एक कार्यक्रममा औंल्याइएको छ ।

लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सैनामैना ८ को आयोजनामा सोमबार १० दिनसम्म संचालन भएको फुल्की बनाउने तालिमको समापनको अवसरमा उक्त कुरा औंल्याइएको हो । सैनामैना नगरपालिकाको महिला संग उपप्रमुख कार्यक्रम अन्तरगत फुल्की बनाउने तालिम भएको हो । तालिममा स्थानीय २७ जना महिलाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुलसा ज्ञवाली, पुस्तकालयका अध्यक्ष गोपाल भण्डारी, पुस्तकालयकी कल्पना गैरे लगायतले बोल्दै फुल्की बनाउने तालिमबाट महिलाहरुलाई आयआर्जन गर्न सहयोग पुग्ने बताउँदै सहभागीहरुले समेत तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाएका छन ।
फुल्की बनाउने तालिमको सहजीकरण देवलाल गिरीले गर्नुभएको थियो ।

DCIM100GOPROGOPR0178.JPG

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय