LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ४२ जना नारीहरुलाई सम्मान गरेको छ । महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ मनाउन लागिएको नारी दिवसको अवसरमा विद्यालयमा पढ्ने आमा विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

३० देखि ६० बर्ष उमेर समूहका आमाहरुले पढ्ने उक्त विद्यालयमा आयोजित सम्मान कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पढाईसंगै सिकाईका कुरा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै गोरखनाथ सामुदायिक सिकाई केन्द्रले महिलाहरुलाई विभिन्न सिपमूलक तालिम दिएर सिकाईमा अब्बल वनाउन सुझाव दिनुभयो ।

त्यसैगरी सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सैनामैना नगरपालिकाले धेरै पहिलेदेखि नै महिला दिदी बहिनीहरुलाई सम्मान गर्दै आएको बताउनु भयो । उहाँले सिकाई केन्द्रलाई छिटै नै बसको व्यवस्था गरिदिने आश्वासन दिनुभएको छ । पहिला इरिक्सा चलाउने महिला, घर बनाउने काम गर्ने महिलाहरुलाई सम्मान गरेपछि महिलाहरुमा केही काम गर्नुपर्छ भन्ने उत्साह थपिएको बताउनु भयो ।

गोरखनाथ सिकाई केन्द्रकी अध्यक्ष लता खडका खत्रीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सैनामैना वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी, वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थ, सिकाई केन्द्रकी व्यवस्थापन समिति सदस्य तथा कार्यपालिका सदस्य माया बिक र कान्तिपुर मण्टेश्वरीकी सलिना भण्डारी लगायतले नारी दिवसको अवसरमा सिकाई केन्द्रले सम्मान गरेकोमा सम्मानित भएका महिलाहरुमा उत्साह थपिएको र आगामी दिनमा अझै सिर्जनशील काम गर्न सहयोग पुगोस भन्ने शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय