LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना दलित उत्थान समिति रुपन्देहीको तेश्रो साधारण सभा तथा दोश्रो नगर अधिवेशनले अधिवेशनले जयलाल बिकको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा समुन्द्र भित्रकोटी, महिला उपाध्यक्षमा सिता दर्नाल, महासचिव माया रसाईली, सचिव कमला सुनार र कोषाध्यक्ष मित्रकुमार बुढाप्रिथी लगायत सदस्यहरु निर्वाचित हुनुभएको हो ।

सैनामैना दलित उत्थान समिति रुपन्देही अध्यक्ष अम्बिका परियारको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष परियारले दलितमाथिको विभेद अझै रहेको बताउँदै दलितमाथि विभेद हट्यो भनेपनि त्यो व्यवहारमा नदेखिएको बताउनु भयो । उहाँले दलितमाथि धेरै चुनौति रहेको बताउदै दलित समुदाय मिलेरै अघि बढेर चुनौति पार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रमको अवसरमा दलित उत्थान समितिका उपाध्यक्ष जयलाल बिकले समाजबाट अझैपनि छुवाछुत समाप्त नभएको बताउँदै दलितमाथि हुने विभेद अन्त्यका लागि दलित उत्थान समिति लागिरहने प्रतिवद्धता जनाउनु भयो । समितिको तेश्रो साधारण सभा तथा दोश्रो नगर अधिवेशन सैनामैना ६ मेघा तालमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय