LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
DCIM100GOPROGOPR0262.JPG

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सैनामैना नगरपालिकाको सभाहलमा सकारात्मक सोच सम्वन्धि एक दिने नगरस्तरीय प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले महिला भएकै कारण महिलामाथि हुने शोषण, उत्पीडन, ज्यालामा विभेद, अमानवीय व्यवहार लगायत समस्या अन्त्य हुनुपर्ने बताउनु भयो ।

उहाँले महिलाहरुमा सकारात्मक सोच जागृत भयो भने परिवारमात्रै होईन समाज नै परिवर्तन गर्न सक्छन भन्नुभयो । कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले २१ औं शताब्दीमा पनि महिलाहरु अझै अधिकारकै लागि संघर्ष गर्नु परिरहेको बताउँदै घरबाटै सुरु हुने विभेद अन्त्यमा सवैको सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सकारात्मक सोच सम्वन्धि यस प्रकारका तालिमले महिला पुरुष सवैमा जागरण सिर्जना हुने उल्लेख गर्नुभयो ।

DCIM100GOPROGOPR0264.JPG

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवलाल अर्याल, ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालयकी मुर्गिया शाखा प्रमुख दर्शनी दिदी, प्रशिक्षक ऋषि न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुलसी ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा सैनामैनामा एकसय ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय