LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

शुक्रवार सैनामैनाको सालझण्डीमा देखिएको यो दृष्य कुनै नाटक तथा प्रतियोगिताको होइन । बरु दृष्टिविहीनको दैनिक जीवन कति कष्टकर हुन्छ भन्ने कुराको बोध गराउन प्रमुख अतिथीलाई कार्यक्रमको उदघाटन गराउँदै गरेको  हो । प्रायः कार्यक्रमको उदघाटन रिवन काटेर वा पानसमा द्विप प्रज्वलन गरि गरिन्छ तर सालझण्डीको यो कार्यक्रम पृथक थियो । पहिलोपटक दृष्टिविहीन बनेर कार्यक्रमको उदघाटन गर्दा प्रमुख अतिथी सैनामैना वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले विगतको भन्दा फरक अनुभूति गरेको सुनाउनु भयो ।

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाको आयोजनामा दृष्टि सम्बन्धि अपांगता भएका व्यक्तिहरूका लागि तीन दिवसीय गमनशीलता तालिम र सहायक सामाग्री बितरण कार्यक्रम सुरु भएको हो ।

त्यसैगरी राष्ट्रिय अपांगता महासंघ लुम्बिनी प्रदेश संयोजक हुमनाथ अधिकारीले दृष्टि सम्वन्धि अपांगहरुलाई सडक वारपार तथा आवागमन गर्न कठिनाई भएकोले त्यसको सहजीकरणका लागि तीन दिने तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अपांगहरुलाई दैनिक जीवनमा गर्नुपर्ने घरायसी कामहरु लगायत सेतो छडीको प्रयोग कसरी गर्ने लगायतका बिषयमा तालिम सहयोगी हुने बताउनु भयो ।

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाका अध्यक्ष मुक्ति पौडेल अध्यक्षतामा भएको कार्यक्रममा साझा टेलिभिजन एचडीका स्टेशन मेनेजर नविन घिमिरे, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी सहायक निरिक्षक बेगम खनालले दृष्टिविहीनहरुको दुःख र पीडामा आफूहरु सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सैनामैना नगरपालिकाको सहयोगमा कार्यक्रम सुरु भएको हो । कार्यक्रमको सहजीकरण सुुनिल सुबेदी र रञ्जिता रेग्मीले गर्नुभएको थियो । तालिम पश्चात ४० बढी सहभागीहरुलाई अपांगता सहायक सामाग्री बितरण गरिने आयोजकले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय