LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

शुक्रवार सैनामैनाको सालझण्डीमा देखिएको यो दृष्य कुनै नाटक तथा प्रतियोगिताको होइन । बरु दृष्टिविहीनको दैनिक जीवन कति कष्टकर हुन्छ भन्ने कुराको बोध गराउन प्रमुख अतिथीलाई कार्यक्रमको उदघाटन गराउँदै गरेको  हो । प्रायः कार्यक्रमको उदघाटन रिवन काटेर वा पानसमा द्विप प्रज्वलन गरि गरिन्छ तर सालझण्डीको यो कार्यक्रम पृथक थियो । पहिलोपटक दृष्टिविहीन बनेर कार्यक्रमको उदघाटन गर्दा प्रमुख अतिथी सैनामैना वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले विगतको भन्दा फरक अनुभूति गरेको सुनाउनु भयो ।

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाको आयोजनामा दृष्टि सम्बन्धि अपांगता भएका व्यक्तिहरूका लागि तीन दिवसीय गमनशीलता तालिम र सहायक सामाग्री बितरण कार्यक्रम सुरु भएको हो ।

त्यसैगरी राष्ट्रिय अपांगता महासंघ लुम्बिनी प्रदेश संयोजक हुमनाथ अधिकारीले दृष्टि सम्वन्धि अपांगहरुलाई सडक वारपार तथा आवागमन गर्न कठिनाई भएकोले त्यसको सहजीकरणका लागि तीन दिने तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अपांगहरुलाई दैनिक जीवनमा गर्नुपर्ने घरायसी कामहरु लगायत सेतो छडीको प्रयोग कसरी गर्ने लगायतका बिषयमा तालिम सहयोगी हुने बताउनु भयो ।

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाका अध्यक्ष मुक्ति पौडेल अध्यक्षतामा भएको कार्यक्रममा साझा टेलिभिजन एचडीका स्टेशन मेनेजर नविन घिमिरे, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी सहायक निरिक्षक बेगम खनालले दृष्टिविहीनहरुको दुःख र पीडामा आफूहरु सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सैनामैना नगरपालिकाको सहयोगमा कार्यक्रम सुरु भएको हो । कार्यक्रमको सहजीकरण सुुनिल सुबेदी र रञ्जिता रेग्मीले गर्नुभएको थियो । तालिम पश्चात ४० बढी सहभागीहरुलाई अपांगता सहायक सामाग्री बितरण गरिने आयोजकले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय