LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
DCIM100GOPROGOPR0303.JPG

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाको आयोजनामा दृष्टि सम्बन्धि अपांगता भएका व्यक्तिहरूका लागि तीन दिवसीय गमनशीलता तालिम र सहायक सामाग्री बितरण कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा आफ्नो धारणा राख्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले दृष्टिविहीनको जीवन वास्तवमै पीडादायक रहेको बताउँदै यो तालिमले दृष्टिविहीनको जीवनलाई सहज बनाउन सहयोगी हुने अपेक्षा गर्नुभयो ।

DCIM100GOPROGOPR0314.JPG

कार्यक्रममा राष्ट्रिय अपांगता महासंघ लुम्बिनी प्रदेशका संयोजक हुमनाथ अधिकारीले तीन दिने तालिमले दृष्टिविहीनहरुमा उर्जा थपिएको उल्लेख गर्नुभयो । उहाँले तालिमबाट दृष्टिविहीनहरुले दैनिक जीवनमा गर्नुपर्ने घरायसी कामहरु लगायत सेतो छडीको प्रयोग कसरी गर्ने लगायतका बिषयमा धेरै कुरा सिकाएकोले तालिम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।
सैनामैनाको सालझण्डीमा आयोजना गरिएको तीन दिने गमनशीलता तालिमपछि दृष्टिविहीनहरुले तालिमबाट आफूहरुको जीवनमा उत्साह थपिएको बताएका छन ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सैनामैना नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तीन दिनको तालिमको समापनको दिन प्रशिक्षार्थीहरुलाई वितरण गरिएको सहायक सामाग्रीको प्रयोग गरि बाटो कसरी काटने बिषयमा सडकमा ल्याएर सिकाइएको थियो ।

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष सुुनिल सुबेदीले गर्नुभएको थियो भने तालिमको सहजीकरण रञ्जिता रेग्मीले गर्नुभएको थियो । तालिम पश्चात ३५ जनालाई अपांगता सहायक सामाग्री छेतो छडी बितरण गरिएको छ । त्यसैगरि नौंजनालाई चश्मा वितरण गरिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय