LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
DCIM100GOPROGOPR0303.JPG

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाको आयोजनामा दृष्टि सम्बन्धि अपांगता भएका व्यक्तिहरूका लागि तीन दिवसीय गमनशीलता तालिम र सहायक सामाग्री बितरण कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा आफ्नो धारणा राख्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले दृष्टिविहीनको जीवन वास्तवमै पीडादायक रहेको बताउँदै यो तालिमले दृष्टिविहीनको जीवनलाई सहज बनाउन सहयोगी हुने अपेक्षा गर्नुभयो ।

DCIM100GOPROGOPR0314.JPG

कार्यक्रममा राष्ट्रिय अपांगता महासंघ लुम्बिनी प्रदेशका संयोजक हुमनाथ अधिकारीले तीन दिने तालिमले दृष्टिविहीनहरुमा उर्जा थपिएको उल्लेख गर्नुभयो । उहाँले तालिमबाट दृष्टिविहीनहरुले दैनिक जीवनमा गर्नुपर्ने घरायसी कामहरु लगायत सेतो छडीको प्रयोग कसरी गर्ने लगायतका बिषयमा धेरै कुरा सिकाएकोले तालिम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।
सैनामैनाको सालझण्डीमा आयोजना गरिएको तीन दिने गमनशीलता तालिमपछि दृष्टिविहीनहरुले तालिमबाट आफूहरुको जीवनमा उत्साह थपिएको बताएका छन ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सैनामैना नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तीन दिनको तालिमको समापनको दिन प्रशिक्षार्थीहरुलाई वितरण गरिएको सहायक सामाग्रीको प्रयोग गरि बाटो कसरी काटने बिषयमा सडकमा ल्याएर सिकाइएको थियो ।

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष सुुनिल सुबेदीले गर्नुभएको थियो भने तालिमको सहजीकरण रञ्जिता रेग्मीले गर्नुभएको थियो । तालिम पश्चात ३५ जनालाई अपांगता सहायक सामाग्री छेतो छडी बितरण गरिएको छ । त्यसैगरि नौंजनालाई चश्मा वितरण गरिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय