सैनामैना नगरपालिका वडा नंं ६ कलौनी रुपन्देहीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पस अनुसन्धान तथा प्रकाशन विभागद्वारा एसएनपिरासी जरनल भोलुम ४ को सार्वजनिकीकरण गरिएको छ ।
जरनल भोलुम ४ को सार्वजनिकीकरण समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रोफेसर शंकर भण्डारीले परिवर्तित सन्दर्भमा विश्वविद्यालयको पाठ्यक्रममा पनि परिमार्जन गर्नु जरुरी रहेको बताउँदै विश्वविद्यालयलाई केन्द्रिकृत भन्दापनि बिकेन्द्रिकृत गर्ने योजना थालिएको बताउनु भयो । उहाँले अब क्याम्पसका पाठ्यक्रम र बिषयहरु बजारले माग गरेको तथा स्थानीय तहमा विकाउ हुनसक्ने स्मार्ट लेभेलको बिषय र पाठ्यक्रममा जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा शहिद नारायण पोखरेल रामापुर क्याम्पस संचालक समितिका अध्यक्ष यदुलाल पन्तले क्याम्पस यो जरनल प्रकाशन गरेर एक कदम अघि बढेको बताउँदै क्याम्पसले हरेक बर्ष जरनल प्रकाशन गर्दै आएको र यसले रिसर्चको क्षेत्रमा प्राध्यापकहरुलाई अझै कृयाशील बनाउने विश्वास ब्यक्त गर्नुभयो ।




जरनल प्रकाशन समितिका संयोजक दिनेश पन्थीले क्याम्पसले रिसर्चका क्षेत्रमा के कस्तो काम गरेको छ भन्ने कुरा जरनलमा उल्लेख गरिएको बताउनु भयो । क्याम्पस संचालक समितिका अध्यक्ष यदुलाल पन्तको अध्यक्षता र क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापाको स्वागतमा भएको कार्यक्रममा पर्रोहा बहुमुखी क्याम्पसका अध्यक्ष खुसीराम चौधरी र क्याम्पस संचालक समितिका सदस्य कृष्णप्रसाद पोखरेलले सहिद नारायण पोखरेल रामापुर क्याम्पसलाई यस क्षेत्रकै उत्कृष्ट क्याम्पस बनाउन यस प्रकारका जरनल प्रकाशनले महत्वपूर्ण सहयोग पु¥याउने बताउनु भयो ।
क्याम्पसका प्राध्यापक विष्णु अर्यालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।





