LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
DCIM100GOPROGOPR0411.JPG

कञ्चन गाउँपालिकाको वडा नं. १ मा सोमबार कुकुरमा रेबिजविरुद्ध एक दिने वडास्तरीय निशुल्क खोप शिविर आयोजना भएको छ ।
पालिकाको पशु सेवा शाखाको आयोजनामा भएको खोप सेबा शुभारम्भ कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कुकुरमा रेबिजविरुद्धको खोप कञ्चन १ बाट सोमबारदेखि सुरुवात गरेको बताउँदै क्रमशः सवै वडामा खोप दिदै जाने बताउनु भयो । उहाँले आर्थिक बर्ष २०८०÷०८१ को लक्षित कार्यक्रम अन्तरगत खोप अभियान सुरु भएको बताउँदै यसअघि गाईभैसी बाख्रा लगायत पशुहरुमा खोप दिईसकेको उल्लेख गर्नुभयो ।

 

कञ्चन गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष केशरवहादुर खत्रीको अध्यक्षतामा भएको खोप कार्यक्रममा वडा नंं १ का वडाअध्यक्ष हरिनारायण चौधरी, पशु सेवा प्राविधिक भास्कर घिमिरे लगायतले खोप अभियानपछि पालिकामा भुस्याहा कुकुुरको बिगबिगी कम हुने र त्यसबाट स्वच्छ बाताबरण बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । सोमबारमात्रै कञ्चन वडा नंं १ का ४० वटा कुकुरहरुलाई रेबिजविरुद्ध सुई लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय