कञ्चन गाउँपालिकाको वडा नं. १ मा सोमबार कुकुरमा रेबिजविरुद्ध एक दिने वडास्तरीय निशुल्क खोप शिविर आयोजना भएको छ ।
पालिकाको पशु सेवा शाखाको आयोजनामा भएको खोप सेबा शुभारम्भ कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कुकुरमा रेबिजविरुद्धको खोप कञ्चन १ बाट सोमबारदेखि सुरुवात गरेको बताउँदै क्रमशः सवै वडामा खोप दिदै जाने बताउनु भयो । उहाँले आर्थिक बर्ष २०८०÷०८१ को लक्षित कार्यक्रम अन्तरगत खोप अभियान सुरु भएको बताउँदै यसअघि गाईभैसी बाख्रा लगायत पशुहरुमा खोप दिईसकेको उल्लेख गर्नुभयो ।






कञ्चन गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष केशरवहादुर खत्रीको अध्यक्षतामा भएको खोप कार्यक्रममा वडा नंं १ का वडाअध्यक्ष हरिनारायण चौधरी, पशु सेवा प्राविधिक भास्कर घिमिरे लगायतले खोप अभियानपछि पालिकामा भुस्याहा कुकुुरको बिगबिगी कम हुने र त्यसबाट स्वच्छ बाताबरण बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । सोमबारमात्रै कञ्चन वडा नंं १ का ४० वटा कुकुरहरुलाई रेबिजविरुद्ध सुई लगाइएको छ ।




