LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

समुदाय र प्रहरीको साझेदारी र समन्वयमा मात्रै लागू औषध दुव्र्यसन नियन्त्रण गर्न सकिने सैनामैनामा बुधबार आयोजित कार्यक्रममा औंल्याइएको छ । समुदाय प्रहरी साझेदारी अन्तरगत इलाका प्रहरी कार्यालय मुर्गिया रुपन्देहीको आयोजना तथा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सहआयोजनामा भएको लागूऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रममा उक्त कुरा औंल्याइएको हो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पछिल्लोसमय समाजमा धेरै परिवर्तन आएको बताउँदै अहिले घरघरमा हुक्का छैन, घरका बुढा मान्छेले चुरोट, सुर्ती पिउन छोडनुभएको छ तर त्यो युवाहरुमा सरेकोले चिन्ताको बिषय भएको बताउनु भयो । उहाँले अहिले विद्यालय पढ्ने युवा विद्यार्थी बालबालिकाहरुमा लागूपदार्थको लत बसेको बताउँदै यो समस्याका रुपमा बढ्दै गएको उल्लेख गर्नुभयो ।

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले लागूपदार्थ दुव्र्यसन नियन्त्रणका लागि कुनै एक संस्था वा समूहको प्रयासमा मात्रै संभव नरहेको बताउँदै यसमा समुदाय र प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जितसिंह राठौरले खासगरी लागूपदार्थको समस्या सवैभन्दा बढी खुला सिमा भएको कारण देखापरेको बताउनु भयो । उहाँले यसको नियन्त्रणको लागि प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको बताउँदै चालू आर्थिक बर्षको आठ महिनामा १ सय ८ जना पुरुष र ७ जना महिलामाथि मुद्दा दर्ता गरेको बताउनु भयो ।

कार्यक्रममा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष झविन्द्र पोखरेल, पत्रकार सुरेश परियारले पनि बोल्नुभएको थियो भने कार्यक्रममा प्रशिक्षण तथा सहजीकरण इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक प्रदिप पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय