LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

समुदाय र प्रहरीको साझेदारी र समन्वयमा मात्रै लागू औषध दुव्र्यसन नियन्त्रण गर्न सकिने सैनामैनामा बुधबार आयोजित कार्यक्रममा औंल्याइएको छ । समुदाय प्रहरी साझेदारी अन्तरगत इलाका प्रहरी कार्यालय मुर्गिया रुपन्देहीको आयोजना तथा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सहआयोजनामा भएको लागूऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रममा उक्त कुरा औंल्याइएको हो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पछिल्लोसमय समाजमा धेरै परिवर्तन आएको बताउँदै अहिले घरघरमा हुक्का छैन, घरका बुढा मान्छेले चुरोट, सुर्ती पिउन छोडनुभएको छ तर त्यो युवाहरुमा सरेकोले चिन्ताको बिषय भएको बताउनु भयो । उहाँले अहिले विद्यालय पढ्ने युवा विद्यार्थी बालबालिकाहरुमा लागूपदार्थको लत बसेको बताउँदै यो समस्याका रुपमा बढ्दै गएको उल्लेख गर्नुभयो ।

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले लागूपदार्थ दुव्र्यसन नियन्त्रणका लागि कुनै एक संस्था वा समूहको प्रयासमा मात्रै संभव नरहेको बताउँदै यसमा समुदाय र प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जितसिंह राठौरले खासगरी लागूपदार्थको समस्या सवैभन्दा बढी खुला सिमा भएको कारण देखापरेको बताउनु भयो । उहाँले यसको नियन्त्रणको लागि प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको बताउँदै चालू आर्थिक बर्षको आठ महिनामा १ सय ८ जना पुरुष र ७ जना महिलामाथि मुद्दा दर्ता गरेको बताउनु भयो ।

कार्यक्रममा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष झविन्द्र पोखरेल, पत्रकार सुरेश परियारले पनि बोल्नुभएको थियो भने कार्यक्रममा प्रशिक्षण तथा सहजीकरण इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक प्रदिप पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय