LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बैंक तथा बित्तिय संस्थाहरुले ऋणीमाथि गर्दै आएको ज्यादती छताछुल्ल हुँदै सार्वजनिक भैरहेको छ । पछिल्लोसमय लघुवित्तहरुले दिएको पीडा जस्तै गरि बैंकहरुले समेत ऋणीहरुलाई ब्याज र हर्जानाका नाममा गरेको चर्को शोषणका घटना बाहिर आउन थालेका छन । त्यसै सन्दर्भमा बुटवलमा शनिवार बैंकहरुले ऋणीहरुमाथि दिएको मानसिक यातना र पीडा सुन्दा बैंकहरुमा मानवीयता भन्ने शब्दावली नै हराएको भान भएको छ ।

। एनआईसी एसिया बैंकले आफ्नो घरजग्गा सवै लिलाम गरेको भन्दै शनिवार बुटवलमा पत्रकारहरुमाझ आफ्नो बिलौना सुनाउँदै । श्रीमान बिरामी भएर अस्पतालको बेडमा रहँदा समेत बैंकले ऋण तिर्न मानसिक तनाव दिएको उनको गुनासो छ । तनावकै बीच श्रीमानको मृत्यु भएपछि बैंकले आफ्नो जग्गा लिलामी गरेको उनको गुनासो छ । शनिवार बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा भावविह्वल लक्ष्मीले एनआईसी एसिया बैंकले आफ्नो परिवारको बिचल्ली बनाएको भन्दै लक्ष्मी कोहारले बैंकले आफू र आफ्नो परिवारमाथि ठूलो अन्याय गरेको बताईन । उनले बैंकले घरमै आएर अनि फोनबाटसमेत लगातार धम्की दिने गरेको बताउँदै बैंकको ब्याजदर २४ प्रतिशतसम्म पु¥याएर रकम असूली गरेको गुनासो गरिन ।

शनिवार बुटवलमा पत्रकार सम्मेलनमा बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले देशमा आर्थिक संकट रहेकोले सवैतिर मन्दीको अवस्थामा ऋmृण तिर्ने क्रृणीहरुलाई समय दिन माग गरेको छ । समितिका अध्यक्ष दुर्गा पोखरेलले बैंकबाट लिएको क्रृण तिर्ने पक्षमा आफुहरु रहेपनि अहिलेको परिस्थिती जटिल रहेकाले क्रृण तिर्ने म्याद बैंक तथा वि ित्तय संस्थाहरुले दिनुपर्ने माग राखेका छन् । समितिका अध्यक्ष दुर्गा पोख्रेलले आय स्रोत नै बन्द भएपछि बैंकको कर्जा तिर्न कठिन रहेको भन्दै कम्तीमा ५ बर्ष सम्म क्रृणीहरुको धितो लिलाम विक्री गर्न नपाईने व्यवस्था गर्न सरकार सामु माग गर्नुभयो ।

 

उहाँले क्रृणीहरुको घरमा मान्छे पठाएर बैंकहरुले आतंक मच्चाएको बताउँदै एउटै प्रकृतिको कर्जाको व्याजदर सवैको समान हुनुपर्ने बताउनु भयो । कर्जाको सावा तथा व्याज भुक्तानी ढिलाई भएपनि बैंकले लिने हर्जना समेत खारेज हुनुपर्ने समितिको माग छ । अध्यक्ष पोखरेलले बैंकहरुले क्रृणीप्रति ज्यादती गरेको भन्दै सरकार र राष्ट्र बैंकले खवरदारी गर्नुपर्ने माग गर्नुभयो ।

सिमा फर्निचर उद्योग बुटवल १६ का गोविन्द पोखरेलले एनएमबी बैंकबाट ७ प्रतिशत ब्याजदरमा ऋण लिए । अहिले ब्याज १९ प्रतिशत पु¥याएको उनको गुनासो छ । एकगाडी काठ खरिद गर्दा ३५ लाख लाग्ने भएकोले आफुले बैंकबाट ऋण लिएको बताउने पोखरेलले अहिले बैंकले सवै सर्त खारेज गरेर एकलौटी रुपमा ब्याज र सावाँ तिर्न ताकेता गरेकोले आफू मर्कामा परेको गुनासो गर्नुभयो ।

बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले कर्जा लगानीका बखत क्रृणी संग भएको सम्झौता पालना नगरी बैंकहरुले एकतर्फी व्याज समेत बृद्धि गर्ने गरेको जनाएको छ । समितिका सचिव विशाल पौडेलले दोहोरो अंकको चर्को कर्जाको व्याजदरलाई एकल अंकमा झार्नुपर्ने बताउनुभयो । ०८० भदौ २७ गते स्थापना भएको समितिमा रुपन्देही, कपिलबस्तु, पाल्पा र नवलपरासीका ३२ हजार क्रृणी आबद्ध रहेको समितिले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय