LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नंं ९ र ११ कार्यक्षेत्र रहेको पिपलडाँडाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौं बार्षिक साधारण सभा आईतवार सम्पन्न भएको छ ।
उक्त खानेपानी सेवाभित्र करिब ५ सय ६० घरधुरी रहेका छन भने निजी धारा जडान गर्नेको संख्या पहिले २ सय ९३ रहेकोमा नियमित चालू धारा २ सय १८ वटामात्र रहेको छ ।
साधारण सभाको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेले वडामा सेवाग्राहीलाई कुनैपनि प्रकारको समस्या भए वा काममा ढिलासुस्ती भएमा आफूहरुलाई जानकारी दिन आग्रह गर्नुभयो । उहाँले जनताको सेवाकै लागि आफूहरु निर्वाचित भएर आएकोले सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा दिने तथा कुनैपनि गुनासो नहुने गरि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पिपलडाँडाँ खोनेपानी तथा सरसफाई उपभोक्ता समितिले सुरुवातमा कठिन चुनौतिका बीच उपभोक्तालाई खानेपानी बितरण गरेको स्मरण गर्दै अवको दिनमा पनि उपभोक्ताको हितलाई ध्यानमा राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पिपलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भूमिलाल सापकोटाले खानेपानी आयोजना सुरु गर्दा अत्यन्त कठिन र चुनौतिको सामना गरेको बताउँदै अहिले उपभोक्ताको मागका आधारमा खानेपानी उपलव्ध गराउन सक्षम भएको बताउनु भयो । उहाँले आम उपभोक्तालाई मारमा नपार्ने गरि पाईपलाईन बिस्तार गर्न सफल भएको बताउँदै अवका दिनमा पनि निशुल्क रुपमा पाईपलाईन विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।

 

खानेपानीका अध्यक्ष भूमिलाल सापकोटाको अध्यक्षतामा भएको साधारण सभा उदघाटन समारोहमा उपाध्यक्ष माया बिकले स्वागत गर्नुभएको थियो । कार्यक्रममा टोलविकास संस्थाका अध्यक्ष सुमित सापकोटा, बाँसगढी खानेपानीका अध्यक्ष मुक्तबहादुर थापा, चन्द्रवहादुर जिसी लगायतले साधारण सभा सफलताको शुभकामना दिनुभएको थियो । उक्त अवसरमा जेष्ठ नागरिक तथा पूर्व सल्लाहकारहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय