LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

सैनामैना नगरपालिका वडा नंं ९ र ११ कार्यक्षेत्र रहेको पिपलडाँडाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौं बार्षिक साधारण सभा आईतवार सम्पन्न भएको छ ।

उक्त खानेपानी सेवाभित्र करिब ५ सय ६० घरधुरी रहेका छन भने निजी धारा जडान गर्नेको संख्या पहिले २ सय ९३ रहेकोमा नियमित चालू धारा २ सय १८ वटामात्र रहेको छ ।

साधारण सभाको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेले वडामा सेवाग्राहीलाई कुनैपनि प्रकारको समस्या भए वा काममा ढिलासुस्ती भएमा आफूहरुलाई जानकारी दिन आग्रह गर्नुभयो । उहाँले जनताको सेवाकै लागि आफूहरु निर्वाचित भएर आएकोले सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा दिने तथा कुनैपनि गुनासो नहुने गरि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले पिपलडाँडाँ खोनेपानी तथा सरसफाई उपभोक्ता समितिले सुरुवातमा कठिन चुनौतिका बीच उपभोक्तालाई खानेपानी बितरण गरेको स्मरण गर्दै अवको दिनमा पनि उपभोक्ताको हितलाई ध्यानमा राख्न आग्रह गर्नुभयो ।  कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पिपलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भूमिलाल सापकोटाले खानेपानी आयोजना सुरु गर्दा अत्यन्त कठिन र चुनौतिको सामना गरेको बताउँदै अहिले उपभोक्ताको मागका आधारमा खानेपानी उपलव्ध गराउन सक्षम भएको बताउनु भयो । उहाँले आम उपभोक्तालाई मारमा नपार्ने गरि पाईपलाईन बिस्तार गर्न सफल भएको बताउँदै अवका दिनमा पनि निशुल्क रुपमा पाईपलाईन विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।


खानेपानीका अध्यक्ष भूमिलाल सापकोटाको अध्यक्षतामा भएको साधारण सभा उदघाटन समारोहमा उपाध्यक्ष माया बिकले स्वागत गर्नुभएको थियो । कार्यक्रममा टोलविकास संस्थाका अध्यक्ष सुमित सापकोटा, बाँसगढी खानेपानीका अध्यक्ष मुक्तबहादुर थापा, चन्द्रवहादुर जिसी लगायतले साधारण सभा सफलताको शुभकामना दिनुभएको थियो । उक्त अवसरमा जेष्ठ नागरिक तथा पूर्व सल्लाहकारहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय