LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

सैनामैना, १७ चैत

देशको ध्यान एसईई तर्फ केन्द्रित भैरहेको बेला शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको सिंगो टोली भने रेष्टुरेण्टमा रमाइलो गरि फर्किने क्रममा शुक्रवार राती केही समय प्रहरीको नियन्त्रणमा परेको छ ।
सरकारी सवारी साधनको दुरुपयोग गर्दै राती साढे ९ बजेसम्म सैनामैना र पाल्पाको सिमामा पर्ने एक रेष्टुरेण्टमा रमाइलो गरेपछि फर्किदै गरेको उक्त टोली इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा परेको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बा २ झ १०१० नम्बरको उक्त सरकारी गाडी शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको हो ।

प्रहरीले उक्त सरकारी गाडी कुनै रेष्टुरेण्टमा रहेको सूचना प्राप्त भएपछि राजमार्गमा चेकजाँचका क्रममा करिव एक घण्टा नियन्त्रणमा लिएर छाडेको थियो । एकातिर एसइई चलिरहेको छ, अर्कोतिर एसईईलाई मर्यादित, शान्तिपूर्ण, भयरहित र जिम्मेवारपूर्वक संचालन गर्ने जिम्मा लिएको शिक्षा विकास तथा समन्वय इकाईको टोलीले रातीको समयमा रेष्टुरेण्टमा रमाईलो गरेर उदाँगो चरित्र प्रदर्शन गर्न भ्याएको छ ।


प्रहरीको नियन्त्रणमा पर्ने कर्मचारीहरुमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडे, कर्मचारीहरु बिष्णु बेल्वासे, जीवन खनाल, झबिलाल बिक, तारा खनाल, बिजय चौधरी र चुरामणि मरासिनी रहेका छन ।  इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार होटलमा बसेर मदिरा सेवन गरेको सूचना आएपछि उक्त सरकारी गाडी चेकजाँचमा परेको हो । चेकजाँच गर्दा सवैले मादक मादक पदार्थ सेवन गरेको भेटिएको हो ।

प्रहरीले चेकजाँच गर्दा तीन बण्डल परिक्षाको उत्तर पुस्तिका समेत संगै भेटिनुले विद्यार्थीको भविष्यमाथि कर्मचारीहरुले कत्तिको लापरवाही गर्दा रहेछन भन्ने पुष्टी भएको छ । उता कर्मचारीहरुले भने गजेडी माबिमा कपि पुराएर निस्केको भन्दै सरकारी सम्पत्तिको दुरूपयोग नगरेको दावी गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय