LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका १० रुपन्देहीमा रहेको पशुपति माध्यमिक बिद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक समारोहको आयोजना गरि विदाई गरेका छन ।

कक्षा ११ का छात्र विपीन मरासिनीको अध्यक्षतामा कञ्चन रिसोर्टमा भएको बिदाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापा र सहायक प्रधानाध्यापक हेमावती थापा रहनुभएको थियो ।

कक्षा ११ की छात्रा गरिमा थारुले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेल, कक्षा ११ कि छात्रा गिमला बिक, सुनिता रेग्मी, शिक्षकहरु केदारनाथ सापकोटाले कक्षा १२ पूरा गरि विद्यालयबाट विदाई हुँदै गरेका विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिनुभएको थियो ।

त्यसैगरी कक्षा १२ कि विद्यार्थी पूर्णिमा बुढाथोकीले विदाई कार्यक्रम गरि आफूहरुलाई शुभकामना दिनुभएकोमा विद्यालय परिवार र कक्षा ११ बिद्यार्थीहरुप्रति धन्यबाद दिनुभएको थियो । कार्यक्रमको संचालन हिम परियारले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय