LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका ३ मुर्गिया रुपन्देहीमा रहेको सुनगाभा पब्लिक स्कुलको बार्षिक नतिजा प्रकाशन, पुरस्कार बितरण तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

स्कुलका प्रिन्सिपल तिलब केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्कुल व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतम लगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । स्कुलका शेयर सदस्य शिबलाल गौतमले स्वागत गर्नुभएको कार्यक्रमको संचालन भाईस प्रिन्सिपल कमलचन्द्र पौडेलले गर्नुभएको थियो ।

त्यस अवसरमा अनुशासनमा अब्बल विद्यार्थी, स्कुलमा सत प्रतिशत उपस्थित छात्रछात्रा तथा सरसफाईमा ध्यान दिने छात्राछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । स्कुलका अनुसार सवै विधामा अब्बल भएका विद्यार्थीहरु देबयानी गौतम र रोजिन पोखरेललाई स्टुडेन्ट अफ दि इयर घोषणा गरिएको छ ।

स्कुलले २०७८ सालको एसइइमा जिपिए ३ दशमलब ९५ ल्याउन सफल विद्यार्थीहरु अनुस्का गौतम र स्मृति पाण्डेलाई सम्मान समेत गरेको छ । बार्षिक नतिजा प्रकाशन कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीले मनोरञ्जन प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय