LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको रोहिणी गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि वडाअध्यक्ष, विद्याल यव्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा आम सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्नभएको छ ।

रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले संयुक्त प्रयासबाटै रोहिणीको शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक रुपमा अघि बढ्दै आएको बताए । गाउँपालिकाका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले गत शैक्षिक सत्रमा योग्यता पुगेका शिक्षकहरुलाई प्रधानाध्यापकको रुपमा पठाइएको बताए । जनमत पार्टीका नेताशम्भु प्रसाद यादवले ठूलो लक्ष्य लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले शिक्षकको प्रगति रिपोर्ट हरेक विद्यालयले त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिए । नेकपा (माओवादी केन्द्र) का नेता ओमप्रकाश गुप्ताले एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउन नहुने बताए । पशुपति आधारभूत विद्याल यव्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले विद्यालयको विकासकालागि सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय