LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तु–६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई पेसागत दक्षतासम्बन्धी १ दिने प्रशिक्षण प्रदान गरिएको छ ।
प्रशिक्षणमा कक्षा प्रि–नर्सरीदेखि कक्षा ८ सम्म अध्यापनरत शिक्षकशिक्षिकाहरूलाई लक्षित गरी प्रशिक्षक पुरुषोत्तम पाण्डेयले पेसागत क्षमता, व्यक्तित्व र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने सीमा थापाले प्रि–नर्सरी, नर्सरी र केजीमा आर्ट एन्ड क्राफ्ट, संस्कार र संस्कृति तथा व्यावहारिक ज्ञान सिकाउने प्रयोगात्मक अभ्यास, कक्षाकोठा व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य युवराज बेल्बासेले शिक्षण सिकाइ क्रियाकलाप, शिक्षणकौशल र पेसागत दक्षता विकासका लागि प्रशिक्षण राखिएको बताउँदै गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र आधुनिक सिकाइको वातावरण तयार गर्दै अगाडि बढिरहेको कुरा बताउनुभयो ।
१ दिने प्रशिक्षणमा विद्यालयका शिक्षकशिक्षिकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो भने प्रशिक्षण सिकाइमूलक र प्रभावकारी रहेको कुरा सहभागी शिक्षिका माया वमसिंहले बताउनुभयो ।
गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षा, विद्यार्थीहरुको क्षमता पहिचान, प्रोत्साहन र संस्कार एवम् संस्कृतिसम्बन्धी व्यावहारिक ज्ञान समेत दिँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय