LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा आईतबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उपशाखाको विशेष सहयोगमा आयोजित रक्तदान कार्यक्रमको समन्वय युवा रेडक्रस सर्कल सहिद नारायण पोखरेल रामापुर क्याम्पसले गरेको थियो ।


रक्तदान कार्यक्रमको शुभारम्भको अवसरमा बोल्दै सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले नेपालका प्रथम बाचन शिरोमणि नारायण पोखरेलले नेपालको धर्म संस्कृति संरक्षणमा विशेष र अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै उहाँको स्मृतिमा स्थापना भएको क्याम्पस यस क्षेत्रकै शैक्षिक धरोहर बनेको बताउनु भयो । उहाँले सहिद नारायण पोखरेल रामापुर क्याम्पसबाट अहिलेसम्म हजारौं विद्यार्थीले उच्च शिक्षाको अवसर पाएको बताउँदै रक्तदान जस्ता कार्यक्रम गरेर उहाँको स्मरण अझै ब्यापक बनेको बताउनु भयो ।

 

रक्तदान कार्यक्रममा बोल्दै विद्यार्थीहरुले सहिद नारायण पोखरेलको स्मृतिमा स्थापना भएको क्याम्पसमा आफूहरुले पढ्न पाउनु शौभाग्य भएको स्मरण गर्दै उहाँको स्मृतिमा रक्तदान जस्तो पवित्र कार्यक्रम गरिनु र रक्तदान कार्यक्रममा भाग लिन पाउनु सौभाग्य भएको विचार ब्यक्त गरे ।

क्याम्पसको सभाहलमा विहान आयोजित रक्तदान कार्यक्रममा ५२ जना ले रक्तदान गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय