LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

युवा ब्यवसायी प्रिती दुलालको एकल २० लाख लगानिमा बुटवल – ११ कालिकापथमा सञ्चालनमा आएको डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीले अब स्किन केयर र एकेडेमी सेवा शुरु गरेको छ ।

स्किन केयर सेवा र एकेडेमीको एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालले उदघाटन गर्नुभएको हो ।
गत भदौबाट युनिसेक्स सलुन सेवा र मेकअप सेवा प्रदान गर्दै आएको सलोनले अब स्कीन केयर र एकेडेमीको औपचारिक रुपमा सुरुवात गरिएको सञ्चालक प्रिति दुलालले बताउनुभयो ।

४ वर्ष यहि क्षेत्रको तालिम तथा ९ वर्ष यहि पेशामा रहेर सिकेको सिपमार्फत स्वरोजगार हुँदै अन्यलाई समेत रोजगारी सिर्जना गर्नेगरी सलोन तथा एकेडेमी उदघाटन गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले बुटवलमा आफू जनप्रतिनिधि भैसकेपछि महिलाहरुलाई आत्मनिर्भर र रोजगार प्रदान गर्न सौन्दर्य कलाको रुपमा ब्युटी पार्लरलाई प्राथमिकताका साथ अगाडि बढाउँदै विभिन्न तालिमहरु प्रदान गरेको बताउनुभयो ।

अर्यालले पछिल्लोसमय देशभित्रै केही गर्न सकिन्न भनेर निराश मुद्रामा विदेशीने युवायुवतीलाई नेपालमै रहेर केही गर्नुपर्छ भन्ने दर्बिलो सन्देश प्रितिले दिएकोे बताउँदै अनवरतरुपमा व्यवसायिक सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा वरिष्ठ सौन्दर्य कला व्यवसायी एवं स्कीन एक्स्पर्ट पुनम श्रेष्ठ, सामाजिक संजालमा चर्चित गोमा ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका जिल्ला सदस्य जानकी नेपाल, पूजा पन्थी लगायतले ब्यवसायीक सफलताको शुभकामना दिनुभएको थियो ।
एकेडेमीबाट २५ जनाभन्दा बढीलाई तालिम प्रदान गरिसकेको बताइएको छ । आफू एकल महिला भएपनि माईतीपक्षबाट राम्रो स्नेहले गर्दा आफू सफल भएको सञ्चालक दुलालले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय