LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

कञ्चनमा गत बैशाख २९ गते देखि शुरु भएको तनाव ब्यबस्थापनका लागि एक हप्ते योग शिविर सम्पन्न भएको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को कार्यालयको आयोजनामा संचालित योग शिविरको समापन गरिएको हो।
दियो खेल मैदानमा संचालन भएको शिविरको समापन गर्दै कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टेक बहादुर गुरुङ्गले स्वस्थ जिवनका लागि योग अनिवार्य रहेको बताउनु भयो।
योगले आफ्नो जिवनमा आमुल परिवर्तन ल्याएको उल्लेख गर्दै गुरुङ्गले यदि आफु योग शिविरमा सहभागी नभएको भए आफ्नो जिवनको आयुको कुनै टुङ्गो नहुने महसुस गरेको बताउनु भयो।
यस्तै वडा नं.३ का वडा टिकाराम सापकोटाले योगलाई जिवनसंग जोडेर संगसंगै लैजान सकेमात्र जिवनमा नयाँ उर्जा थपिने बताउनु भयो भने वडा नं. १ का वडा अध्यक्ष हरिनारयण थारुले योग नै अस्वस्थ जिवनका लागि ठूलो अस्पताल भएको उल्लेख गर्नु भयो।
यसैगरी वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले दैनिक जिवनमा योगलाई आत्मसात गर्न सकेमात्र शारिरीक र मानसिक रुपमा तन्दुरुस्त भइने बताउनु भयो। वडा नं. ४ का वडा अध्यक्ष केशरबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दियो ढावा टोल बिकास संस्थाका अध्यक्ष केशवबहादुर गाहा र हिमालय आमा समूहका अध्यक्ष सोनिया बि.क.ले समेत योग शिविरबाट सिकेको योगाभ्यासलाई दैनिक जिवनमा लागू गर्दै जाने बताउनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय