LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि निर्माण गर्ने बार्षिक नीति तथा कार्यक्रम र बजेटमाथी पालिकाका सरोकारवालाहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा आगामी आर्थिक बर्षको लागि पालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा दिगो र परिणाममुखी तथा उत्पादनमा आधारित कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने सहभागी वक्ताहरुले जोड दिएका छन।

कार्यक्रममा नेकपा एमाले कञ्चनका अध्यक्ष दिनानाथ आचार्य, नेपाली कांग्रेसका देविराम रेग्मी, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमचन्द्र पोख्रेल, राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल, रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापा, रुद्रपुर माध्यमिक बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेल, बुद्धभुमी आधारभुत बिद्यालयका प्रधानाध्यापक लिलाधर शर्मा, कञ्चन व्यापार संघका सचिव सन्तोष रायमाझी, साना किसान सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश शर्मा, कञ्चन महिला कृषि उद्यमी सहकारी संस्थाका अध्यक्ष हिमा बेलवासे, लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश पौडेल, कञ्चन होटल तथा रेष्टुरेण्टब्यबसायीहरुको तर्फबाट प्रकाश थापा, सरोकारवालाहरुको तर्फबाट सोमनाथ शर्मा, बिष्णु पैगेनी, उमा ढकाल गौतम, दिनेश घिमिरे, निरमाया बोहरा क्षेत्री, नारायाण न्यौपाने, प्रजापति पराजुली, भुपेन्द्र आचार्य लगायतले पालिकाको आगामी बर्षका लागि बार्षिक नीति तथा कार्यक्रम र बजेटबारे सुझाव दिएका थिए।

कञ्चन गाउँपालिकाका अध्ययक्ष नवराज ढकालले सरोकारवालाहरुबाट उठेका सवालहरुबारे टिप्पणी गर्दै अन्तरकृया कार्यक्रममा उठेका बिषयहरुको बारेमा पालिका गम्भिरताका साथ नीति तथा कार्यक्रममा समाबेश गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको आवस्यकता र सरोकारवालाहरुको सुझावमा आधारित बजेट निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। अन्तरकृया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले कार्यक्रमको आवस्यकता र औचित्यताबारे बताउनु भएको थियो भने प्रशासन प्रमुख गिरीराज अर्यालले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो। कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय