LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लुम्बिनी विकास कोषले २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस तिन दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको समेत लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषका तर्फबाट मंगलवार लुम्बिनीमा आयोजित पत्रकार भेटघाटमा बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको मूल समारोह जेठ १० गते विहिवार हुने र उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने कोषले जनाएको छ । त्यसैगरी समारोहमा विदेशबाट समेत मन्त्री तथा राजदुतहरुको सहभागिता हुने कोषले जनाएको छ ।

बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उडडन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष हितबहादुर तामाङको संयोजकत्वमा ५६८ सदस्यीय आयोजक समिति गठन गरिएको कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ल्हारक्याल लामाले यो बर्ष संघीय सरकारले बुद्ध जयन्ती मनाउन जम्मा एक करोड रुपैया प्रदान गरेको बताउनु भयो । उहाँले सरकारले बुद्ध जयन्ती मनाउने बजेट नै कटौती गरेकोमा गुनासो गर्नुभयो । एक करोड रुपैया प्राप्त गर्न पनि मन्त्रालयदेखि कर्मचारीले दिएको सास्तीले आफू तनावमा परेको बताउनु भयो ।

बुद्ध जयन्ती र लुम्बिनी दिवसलाई भब्य रूपमा मनाउन कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिड)को संयोजकत्वमा मूल व्यवस्थापन समिति र पूजा, परित्राण व्यवस्था उपसमिति बनाइएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको उल्लेख गर्दै तीन दिन मनाईने बुद्ध जयन्ती बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्रामको पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबार र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले विविध कार्यक्रम गरेर मनाईने बताउनु भयो ।

 

बुद्ध जयन्तीको अवसरमा वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई दीप प्रज्ववलन गर्न विकास कोषले अपिल गरेको छ ।
बुद्धजयन्तीको भोलीपल्ट बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा जेष्ठ ११ गते हुनेछ। बोधिसत्व शिशु बोधिसत्वको घर फिर्तीको झल्को दिने गरी लुम्बिनीबाट मायादेवी मार्ग हुँदै प्राचिन कपिलबस्तुसम्म शोभायात्रा गरिने कोषले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय