LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

खुशीयाली जिवनका लागी सुसस्कार भन्ने नारा लिदै सैनामैना वडा नं ४ मा रहेको सिसौ डाडा शान्ति टोल बिकास संस्था ले एक दिने उत्प्रेणात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममका प्रमुख अतिथि सैनामैना ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले खुसीयाली जिवन जिउजको लागि तनाव मुक्त समाज निमार्ण गदै मानिसको दैनिक जिवनमा आइपर्ने समस्यालाई समाधान गर्नको लागि सधै सकारात्मक सोच राख्नु पर्ने कुरामा जोड दिएका थिए ।

त्यस्तै संस्थाका अध्यक्ष तिलकराम पन्थले समाजमा रहेका बालबालिका देखी बृद्दा सम्ममा नैतिक शिक्षा दिन सकियो भने सुसंस्कार युक्त समाज निमार्ण गर्न सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम गरिएको बताउनुभएको थियो ।

हरेक व्यक्ति व्यक्तिमा नैतिक आचरण र प्रत्येक समाजमा सुशासन हुन जरुरी रहेको हुदा यो कार्यक्रम आयोजना गरिएको संस्थाकी सचिव लक्ष्मी श्रेष्ठले बताउनुभएको थियो ।

अन्तर्राष्ट्रिय प्रशिक्षक तथा योग गुरु ऋषिराम न्यौपानेले प्रशिक्षण दिनु भएको कार्यक्रममा सैननामैना ४ की वार्ड सदस्य निसा परियार, पैरवी आमा समुह तथा समाजसेवी सीता जिंसी, सिसौ डाँडा कृषक समुहका अध्यक्ष कृष्ण बाहादुर थापा, समाजसेवी कर्ण बहादुर कार्की लगायत टोलमा रहेका बालबालिकाका देखी बृद्धा सम्मको सहभागीता रहेको थियो । सिसौ डाडा शान्ति टोल बिकास संस्था सैनामैना ४ को सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य प्रेम श्रीसको स्वागत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय