रुपन्देहीको सैनामैना ११ सालझण्डीमा रहेको योर मल्टी फिटनेस सेन्टरले आउटडोर टे«निङ अन्तरगत मलमला मन्दिर क्षेत्रमा फिटनेस अभ्यास सहितका विविध कार्यक्रम गरेको छ ।
बुधबार विहान आयोजित कार्यक्रममा फिटनेसका प्रशिक्षार्थीहरुलाई मन्दिर क्षेत्रमै टे«निङ दिनुका साथै शारीरिक अभ्यास, जुम्बा डान्स, पुरुष प्रशिक्षार्थीहरुका लागि मनोरञ्जनात्मक खेल कार्यक्रम तथा महिला प्रशिक्षार्थीहरुका लागि पनि फिटनेस सम्वन्धि रमाइलो तथा मनोरञ्जनात्मक खेल आयोजना गरिएको थियो ।
मलमला मन्दिर क्षेत्रमा ४५ बर्ष माथि उमेरकाहरुका लागि पनि मनोञ्जनात्मक खेल आयोजना गरिएको योर मल्टी फिटनेस सेन्टरले जनाएको छ ।



योर मल्टी फिटनेस सेन्टरका व्यवस्थापक विकास कुमार थापाले सधैभरी हलभित्र ट्रेनिङ गर्दै आएकोमा बुधबार बाहिर टे«निङ गर्दा फ्रेसनेस पनि हुने भएकोले मलमला मन्दिर क्षेत्रमा फिटनेस कार्यक्रम गरिएको बताउनु भयो । उहाँले सवै प्रशिक्षार्थीहरु बाहिर एकैठाउँमा जम्मा हुँदा बीच एक आपसमा परिचय पनि हुने र बाहिरी बाताबरणमा घुलमिल पनि हुने भएकोले मलमला मन्दिरमा विभिन्न कार्यक्रम गरिएको बताउनु भयो ।
बुधबार विहानै फिटनेस टोली सालझण्डीबाट मलमला पुगेको थियो । व्यवस्थापक थापाले पछिल्लोसमय आफ्नो स्वास्थ्यको ख्याल गर्दै ४० बर्ष माथिका धेरै बयस्कहरु फिटनेसप्रति आकर्षित भएको बताउनु भयो । थापाले सेना तथा प्रहरीमा भर्ती हुन चाहने युवाहरुपनि फिटनेस टे«निङ लिन आउने गरेको बताउनु भयो ।
सोही अवसरमा ४५ बर्ष माथिका जीम गर्न आउने बयस्कहरुहरुलाई सम्मान गरिएको थियो । साथै जीममा आउने एकजना महिला र एकजना पुरुषलाई अनुशासन पालना गरेको भन्दै सम्मान गरिएको थियो । योर मल्टी फिटनेस सेन्टरका व्यवस्थापक विकासकुमार थापा आफै भारतीय सैनिकबाट अवकास प्राप्त हुनुहुन्छ । उहाँले समेत प्रशिक्षार्थीहरुलाई टे«निङ दिदै आउनुभएको छ ।




