LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैनाको ब्यस्त बजार मुर्गिया बजार क्षेत्रमा ३१ बर्ष अघि निर्माण गरिएका ब्यावसायीक सटर बुधबार भत्काइएको छ ।
साबिक पर्रोहा गाबिसका अध्यक्ष स्वर्गिय लक्ष्मण आत्रेयको पालामा २०४९ सालमा बजार बिकासको योजना सहित बनाइएका १४ वटा सटर सैनामैना नगरपालिकाले बुधबार भत्काएको हो ।

ती ब्यावसायीक सटर बुटवल–गोरुसिङ्गे सिक्स लेन सडक खण्ड अन्तर्गत ८२ फुटभित्र पर्ने तथा उक्त सटरहरु अत्यन्त जीर्ण हुनुका साथै बर्षाको समयमा पानी समेत चुहिने भएका थिए ।

सोही स्थानमा अव संघीय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत सैनामैना पार्क निर्माण हुने भएको छ । त्यसका लागि १ एक करोड बजेट समेत बिनियोजन भई काम भैइरहेको छ ।

नजिकै रहेको दुर्गा भवानी मन्दिरको पुनर्निर्माणको काम समेत छिटै सुरु हुने भएको छ । सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवहादुर कार्कीको नेतृत्वमा सैनामैना नगरपालिकाले तीन बर्ष अघि दुर्गा मन्दिर क्षेत्रलाई आधुनिक शैलपुत्री मन्दिर अर्थात शक्तिपीठ मन्दिर निर्माण गर्न डिपिआर सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय