LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

महालेखा परिक्षक कार्यालयको हालै सार्वजनिक गरिएको ६१ औं प्रतिवेदन अनुसार रुपन्देहीमा सवैभन्दा कम बेरुजु हुने पालिकामा कञ्चन गाउँपालिका परेको छ ।

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमका अनुसार गत बर्ष बेरुजु ४ करोड बढी थियो भने यो बर्ष बेरुजु जम्मा १ करोड ६० लाखमा झरेको छ ।


प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बेरुजु घटनुमा जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासले नै सम्भव भएको बताउनु भयो ।
कञ्चनमा पछिल्लोसमय बेरुजु कम हुनुको प्रमुख कारणमा असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्नु मूख्य रहेको छ ।
विगतमा असार लागेपछि कामको सम्झौता हुने र कतिपय कामहरु नियम विपरित हुने र व्यवहारिकता हेरेर गरिदिने गरेका कारण पनि बेरुजु बढी हुने गरेको थियो । अहिले भने कञ्चन गाउँपालिकाले असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गरेपछि बेरुजु घटाउन ठूलो सहयोग पुगेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गौतमले नयाँ आर्थिक बर्षको सुरुको महिनादेखि नै बराबर चाप हुनेगरि सन्तुलन मिलाएर काम गरिएकोले समयमै योजना सम्झौता हुने र काम पनि सोही अनुसार निर्धारित समयमै हुने र भुक्तानी समेत समयमै हुने गरेकोले बेरुजु कम गर्न सहयोग पुगेको बताउनु भयो ।

कञ्चन गाउँपालिकाले धेरै काम नियम कानुन अनुसार गर्दै आएको र नियम बिपरितका कामलाई निस्तेज गरेकोले बेरुजु घटाउन सहयोग पुगेको पालिकाले जनाएको छ ।

कञ्चन गाउँपालिका जिल्लाकै सवैभन्दा कम बेरुजु भएको पालिका बन्दैगर्दा बुटवल उपमहानगरपालिका रुपन्देहीका १६ स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु हुने पालिका भएको छ ।

रुपन्देहीका १६ पालिकाको कूल बेरुजु रकम ८७ करोड, ७० लाख, ५१ हजार रुपैयाँमध्ये बुटवलको मात्रै १८ करोड एक लाख १६ हजार रुपैयाँ छ ।
२०७९ को स्थानीय तह निर्वाचनबाट बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय प्रमुखमा तथा एमालेकी सावित्रादेवी अर्याल उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
बहुमतको आडमा बजेट वितरण र खर्च गर्दा बेरुजु रकम धेरै भएको उपमहानगरकै कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय